जनकपुरधाम- विधार्थी देशको मेरुदण्ड हो। विधार्थीलाई विविध पक्षका बारेमा जानकारी राख्न सक्ने क्षमता हुनुपर्दछ भने सम्बन्धी संस्थाले पनि विधार्थीलाई सिकाउन सक्ने सामर्थ्य बोकेको हुनुपर्दछ।
विधार्थीलाई किताबी ज्ञान बाहेकपनि अतिरिक्त ज्ञान तिर ध्यान दिनु पर्छ। यसै सन्दर्भमा केन्द्रित रहेर जनकपुरधाम का विभिन्न कलेजहरुमा दिगो विकास लक्ष्यका बारेमा एफ.ए.ओ. र वल्ड फुड फोरम को सहकार्यमा ग्लोबल युथ एयाक्सनका अभियानीहरुले कलेजस्तरीय क्याम्पेन गरेका छन्।
उनीहरूले जनकपुरधामका जनकपुर कमुनिटि कलेज , मिथिला इन्स्टिच्यूट टेक्नोलोजी, राजर्षि जनक विश्वविद्यालय,रामस्वरूप रामसागर बहुमुखि क्याम्पस र मोडेल मल्टिपल कलेजका बि.बि.एस ,बिए.एल.एल.बि,बि.एस.सि.आईटी र कृषि संकायका विधार्थीहरुलाई दिगो विकास लक्ष्यको बारेमा जानकारी गराएका छन्। दिगो विकास लक्ष्यको माध्यमबाट उनीहरुलाई जिवनमा आइपर्ने समस्यालाई वर्तमान र भविष्यको योजनाबारे आफ्नो लक्ष्यमा केन्द्रीत रहेर आगाडि बढ्न सिकाएको छ।
"हामीले सबै कलेजमा गएर एक घण्टा प्रशिक्षण दिइयौं। विधार्थीहरु उत्साहित थिए। दिगो विकास लक्ष्यको १७ वटा सुचि बारे बुझायौं" 'अभियानका फ्यासलेटर सुरुचि कुमारी साह बताउछिन्। उनका अनुसार यी १७ वटा सुचि विकास लक्ष्यहरूले सहस्राब्दी विकास लक्ष्यहरूको उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुराहरूलाई पूरा गर्न खोजेका छन् । सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैङ्गिक समानता तथा सशक्तीकरण हासिल गर्नु यसको उद्देश्य रहेको र यी लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् र यसले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय– लाई सन्तुलित गर्ने कुरा लक्ष्य राखेको बताईन्।
किताबमा भएका ती दिगो विकास लक्ष्यबारे बुझेका थियौं तर यो एक किसिमको क्यामपेनले हामीलाई पुनः ताजगी ल्याएको छ " जनकपुर कमुनिटि कलेज कृषि संकायको पहिलो सेमेस्टरमा अध्यनरत बिधार्थी सुभम झाले बताए । उनका अनुसार हामीले भिडियो मार्फत दिगो विकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाहरुको बारेमा बुझ्यौं। लैङगिक समानता बारे अलि बढि नै बुझ्यौं। यसले हामीलाई जिवनमा आइपर्ने भावि कार्यदिशा बारे सचेत गराएको छ।
कलेजमा पढाई सँगै विभिन्न विषयमाथि चर्चापरिचर्चा भइरहन्छ। कहिलेकाहिँ अतिरिक्त क्रियाकलाहरु पनि भईरहन्छ तर विधार्थीहरुलाई जिवनमा आईपर्ने समस्या र त्यसबाट छुटकारा पाउने विधि र जिवन निर्वाहका लागि आवश्यक पर्ने केहि आधारभूत कुराहरु का बारेमा भने अनविज्ञ रहन्छ ।
प्राविधिक तथा व्यवहारिक शिक्षाको आवश्यकता हुन्छ। विधार्थीहरुलाई पढाइसँगसँगै व्यवाहारिक जिवनमा भोग्नुपर्ने समस्या र जिवन निर्वाहका लागि किताबी ज्ञानले मात्र पुग्दैन। यस अर्थमा प्राविधिक र व्यावसायिक शिक्षा सँगै आर्थिक, सामाजिक र वातावरणलाई सन्तुलन राखेर आगाडि बढ्नुपर्छ। यसै बिषयमा केन्दि्रत रहेर दिगो विकास लक्ष्यको अवधारणा प्रस्तुत भएको थियो। यो दिगो विकास लक्ष्यको अवधारणालाई विश्वका धेरै देशहरुले अपनाएर आगाडि बढिसकेको अवस्थामा नेपाल प्रयासरत देशहरू मध्ये हो ।
दिगो विकास आफैँमा समृद्धिको सिर्जना, वितरण र विकासमा दिगोपना हासिल गर्ने सँग जोडिएको विकासको विश्वव्यापी र स्वीकृत गरिएको कार्यसूची हो । दिगो विकासका सिद्धान्त फरक फरक छन् । विश्व व्यापकता, सबैलाई समेटेर अगाडि बढ्ने प्रयास तथा अन्तरसम्बन्धता अनि अविभाज्यता, समावेशिता, बहु सरोकारवाला बिच सहकार्य र साझेदारीसहित लक्ष्य प्राप्तिका लडाइँ नै यसका सिद्धान्त हुन् । दिगो विकासका लक्ष्यको मर्मलाई हरेक नागरिकका दैनिक जीवन पद्धति, निर्णयहरू, सोच र स्रोतको विवेकपूर्ण उपयोगसम्मको अवस्थाको आत्मीकरण गराइ स्वतन्त्रता र आत्मसम्मानसहितको गुणस्तरीय जीवनको प्रत्याभूति गर्न सकियो भने त्यो नै हरेक व्यक्ति र स्थानीय सरकारले दिगो विकासको अवलम्बन गरेको हो भन्ने बुझिन्छ ।
"पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रूपमा देखिएपनि हामी निरन्तर प्रयासरत छौँ "अभियानी पुजा साह बताउछिन्।




