काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपममा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच झडप भएको थियो ।
झडपमा घाइते भएका अन्दाजी २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले पुष्टि गरे । शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसअघि किस्ट अस्पतालमा दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।



यो पनि पढ्नुहोस :
बालकुमारीमा प्रहरीले गर्यो हवाई फायर, १० जना प्रदर्शनकारी पक्राउ
https://shirishnews.com/2023/12/29/52364/
बालकुमारी क्षेत्रमा तनाव, मन्त्रीको गाडी जलाइयो
https://shirishnews.com/2023/12/29/52376/
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु




