त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन किर्तिपुरको आन्दोलनमा स्ववियु रा.रा.ब ले पनि प.नि.का सुधार लगायत विश्वविधालय सुदृढीकरणका माँग सहितको आन्दोलनमा ऐकब्द्धता जनाएको छ ।
रामस्वरूप रामसागर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनिष यादव को नेतृत्वमा विश्वविद्यालय उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति गर्ने माँग लगायत दलिय भागवण्डाको अन्त्य गर ,शिक्षाको दलियकरण अन्तय गर , विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर उपकुलपतीको परिचय दलको झण्डा नहोस , ज्ञानको पुँजी होस ,फेरी गल्ती नगरौ , विश्वविध्यालयमा सुधारको नारा सहित स्ववियु विश्वविद्यालय क्याम्पस कीर्तिपुरले प.नि.का, बल्खु सुधारको लागि गरेको माँग र आन्दोलन घोषणा अनुसार स्वतन्त्र विद्यार्थी युनियन रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामले ऐक्यबद्धता जनाएको सभापति मनिष यादवले बताएका छन ।



सोही क्रममा सभापति यादवले शिक्षामा राजनीतिकरण को घोर विरोध जनाउदै उच्च पदस्त जिम्मेवारी योग्यता क्रम अनुसार हुनुपर्ने अहिलेको मुख्य आवश्यकता हो र यसलाई सुदृढ़ गर्नुपर्छ सरकार र सरोकारवाला निकाय सजग हुनैपर्छ उनले बताएका छन । रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा १३३ कर्मचारी हुनुपर्ने ठाउँमा अहिले ५१ कर्मचारी मात्र छन जसकारण क्याम्पस संचालन सकस बनेको सभपति यदावको दावी छ ।
देशको गौरव विद्यार्थी आशाका केन्द्र त्रिविमा राजनीतिक करण,दलिय भागबन्डा मिलाउन हुँदैआएको राजनीतिक दवाबले त्रिवि को छवि धुमिल गर्दैछ र शैक्षिक सुधारमा पनि प्रगति हुन नसकेको सभपति यादवले चिन्ता व्यक्त गरेका छन ।




