दिवेश कुमार महतो,ढल्केवर । धनुषाको मिथिला नगर पत्रकार सञ्जालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्जालका अध्यक्ष बिनोद महतोको अध्यक्षता मंगलबार मिथिला ब्याडमिन्टन क्लबको भवनमा सञ्चालनमा रहेको कार्यलयको सभाहलमा साधारण सभा मनाइएको छ। मधेस प्रदेश सभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सासंद महतोले “पत्रकारिता क्षेत्रमा आउनु नै गर्वको कुरा रहेको बताउनुभयो।

उनका अनुसार निष्पक्ष र गुणस्तरीय पत्रकारिता गर्नेलाई सम्मान सहित सहयोग गर्नुपर्ने अवस्था रहेकोले यसमा सबैलाई सरिक हुन आग्रह गर्नु भएको थियो। सबै पत्रकार एकै खालका हुदैनन् ,सबैलाई एउटै तराजुमा तौल गर्नु उचित नरहेको बताउनुभयो। विशिष्ट अतिथि मिथिला नगरपालिका कि उपमेयर सुनिता सिंह बुढाथोकीले ” पत्रकारहरुलाई साथ र सहयोग गर्न आफू तत्पर रहेको बताइन्। पत्रकारलाई गुणस्तरिय पत्रकारिता तर्फ उन्मुख हुन आग्रह गर्दै समाजमा घटेका सत्यतथ्य घटनाहरूलाई उजागर गर्नमा समस्या आए आफु साथ रहेको कुरा बताइन्।




जनआन्दोलन, जनयुद्धको बेला पत्रकारहरुको ठुलो योगदान रहेको थियो । उनीहरूले देशमा सङ्घियता ल्याउन र जनतालाई असल सुशासनको अनुभुति गराउनमा जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरेको कुरा मओवादी केन्द्र मिथिला नगरपालिकाको संयोजक रामकुमार महतोले आफ्नो मन्तव्यको क्रममा धारणा प्रस्तुत गरेका थिए। देशको विकासमा पत्रकारहरुको बलिदानीले अहम भूमिका निर्वाह गरेको विभिन्न विकास निर्माणका कार्यहरू हुने भ्रष्टचार,बेथितिलाई बाहिर ल्याउनमा उनीहरू आफ्नो ज्यानकै प्रवाह नगरी काम गरिरहेकोले पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने उनको जोडदार माग रहेको थियो।

साधारणसभामा मिथिला नगरपालिका वार्ड नं ७ का वाडा अध्यक्ष रामबहादुर स्याङ्दान,वार्ड नं ४ का वाडा अध्यक्ष चन्द्रबुलन बलम्पाकी र वार्ड नं ५ का वाडा अध्यक्ष रामचन्द्र महतो,हिमाल युवा क्लब का पुर्वअध्यक्ष अरुण कुमार महतो, क्लबका सचिव शिव कुमार सिंह, मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष संतोष कुमार महतो , मिथिला नगर बाल संजाल का अध्यक्ष दिपेश कुमार सिंह, मिथिला नगर युवा सञ्जालका अध्यक्ष राजु कुमार महतो,मिथिला क्यान्स कल्व, मिथिला उधोग बाणिज्य संघ लगायतका अतिथिहरुले पत्रकारहरुका विषयमा आफ्नै धारण सहित शुभकामना मन्तव्य राखेका थिए।
साथै बन्दशत्र मार्फत सञ्जालले पुरानै समितिलाई दोस्रो कार्यकालको लागि निरन्तरता दिइएको छ। अध्यक्षमा विनोद महतो, उपाध्यक्ष सरस्वती लामा,सचिवमा विजय साह, कोषाध्यक्षमा विजय कुमार सिंह रहेका छन् भने सदस्यहरुमा रामकमल सिंह (राजकमल) ,प्रेम कार्की र फुलगेन महतो रहेका छन्। सञ्जालको सल्लाहकार मा अरुण कुमार महतो रहेका छन्।




