महोत्तरी - जिल्लाको मटिहानी नगरपालिका वडा नं ७ दुई नम्बर बाडे र्र इलाकाबाट सशस्त्र
प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँ सहित दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बुधवार दिउँसो ४.३० बजेको समयमा बोडर्र आउट पोष्ट मटिहानीबाट सशस्त्र प्रहरी निरीक्षक भोला कुमार श्रेष्ठको कमाण्डमा रहेको गस्तीले चेकजाँच गर्दा उक्त रकम फेला परेको थियो । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुर उपमहानगपालिका वडा नं १९ बस्ने वर्ष २३ का राजु यादव र सीतामढी जिल्ला पश्चिमी चोरौत बस्ने वर्ष ४८ का भारतीय नागरिक अवधेश मण्डल रहेका छन् ।
यादवको साथबाट रु १००० दरका ७०० वटा नोटहरू र रु ५०० दरका ६०० वटा नोटहरू सहित दश लाख र मण्डलको साथबाट नेपाली हजार रूपयाँका २०० र पाँच सय दरका ४०० वटा नोटहरू गरी चार लाख रुपैयाँ बरामद भएकोसशस्त्र पह्र री बल, नेपाल नं ९ गण हेडक्वार्टर जलसागरले जनाएको छ ।
दुवै जनाले प्लास्टिकमा प्याक गरी छुट्टाछुट्टै मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको थियो । पक्राउ परेका दुबैलाईस्रोत नखुलेको रकम र दुईवटा माटेरसाइकल सहित आवश्यक कारबाहीकोलागि जलेश्वर भन्सार कायार्लयमा बुझाइएको गणले जनाएको छ ।
यसअघि मंसिर ७ गते सशस्त्र प्रहरीले जिल्लाको सम्सी नाकाबाट स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँ सहित दुईजना व्यक्ति पक्राउ गरेको थियो ।