जनकपुरधाम । कर्मचारीहरु सम्मलित लेखा समूह महोत्तरी जिल्लाको अध्यक्षमा धनुषाका देव कुमार यादव चयन भएका छन् ।
संघ, प्रदेश र स्थानीय तहमा कार्यरत लेखाका कर्मचारीहरु सम्मलित लेखा समूह महोतरीको विहिबार सम्पन्न भेलाबाट यादवलाई अध्यक्ष पदमा चयन गरिएको हो ।
भेलाले यादबको अध्यक्षतामा ९ सदस्यीय पहिलो कार्य समिति समेत सर्वसम्मत चयन गरेको जनाईएको छ ।
पहिलो कार्य समितिको उपाध्यक्षमा भुषण राना मगर, सचिवमा सुमन राउत, कोषाध्यक्षमा राकेश कुमार चौधरी,सह–सचिवमा मनोज कुमार महरा चयन भएका छन ।
सदस्यहरूमा काजी गुरुङ, संन्ध्या काफ्ले, डण्डराज बस्नेत र पशुपति महतो चयन हुनु भएको सचिव सुमन राउतले जानकारी दिए ।
बिहिबार लेखा समूह महोतरीका संरक्षक एवंम प्रमुख कोष नियन्त्रक बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यता र कोष नियन्त्रक रुद्र बहादुर सुस्लिङ्गको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । आर्थिक प्रशासन जस्तो संबेदनशील क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु आबद्ध रहेको समूह, लेखा समूह हो ।
जिल्लाको तिनटै संघ, प्रदेश र स्थानीय तहमा रहेर आर्थिक प्रशासनमा कामकाज गर्ने राष्ट्रसेवक कर्मचारीहरुको सेवाको सुरक्षा र वृत्ति विकासको सबालमा खरो उत्रिने प्रतिबद्धता अध्यक्ष यादबले ब्यक्त गरे ।





