महोत्तरी- महोत्तरीको महोत्तरी गाउँपालिका गोनरपुरा–६ मा झन्डामेलाको शुभारम्भ भएको छ ।
मेलाकाे उद्घाटन आज एक समारोह बीच लाेसपाका वरिष्ठ नेता शरत सिंह भण्डारीले गरेका छन् । मेला उद्घाटन गर्दै भण्डारीले भने, ‘सीताराम र जयरामको उच्चारणमात्र धर्म होइन । धर्मले भक्तिभावमात्र होइन कर्तव्य र सहिष्णुताको सँस्कार सिकाउँछ ।’
उनले पितृत्व, मातृत्व, पुत्रत्व, ग्राहस्थ व्यावसायिक सबैखाले कर्तव्य निर्वाह गर्नु धर्म भएको परिभाषित गर्दै सबै धर्मको मूलमा मानवसेवा रहेको उल्लेख गरे । ‘सदाचारका साथ हामीले कर्तव्य निर्वहन गरयौं भने त्यो नै धर्मको पालना हुन्छ,’ लोसपाका वरिष्ठ नेता भण्डारीको कथन थियो ।
हनुमानजी रामको ठूलो भक्त रहेको र सबै युगमा उनी बाँच्ने विश्वासलाई अथ्र्याउँदै नेता भण्डारीले हनुमानजीले भक्तिभाव, समर्पण र कर्तव्यपालनाको सन्देश सबै युगमा छरिरहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश २ सभा सदस्य जयनुल राइन, प्रदेशसभा सदस्य सुरिता साह, महोत्तरी गाउँपालिका अध्यक्ष सुनिल राय, मनरा सिस्वा नगरपालिकाकी उपप्रमुख रमिता प्रधानलगायतको उपस्थिति थियो ।