भैरहवा- रुपन्देही प्रहरी ले सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिका वाट अवैध रुप मा भारत वाट नेपाल तर्फ भंसार चोरी पैठारी गरि लिएर आउँदै गरेको १७०० के.जी प्याज र २१०० वटा वोईलर कुखुरा को चल्ला वरामद गरेको छ। वरामद गरेको प्याज र चल्ला को अनुमानित मुल्य २ लाख ५३ हजार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत प्रहरी चौकी मैनिहवा वाट खटिएको प्रहरी टोली ले रोहिणी गाउँपालिका वडा नं. ७ लखनौतिया वाट भारत वाट नेपाल तर्फ अवैध रुप मा ल्याउँदै गरेको ३५ कार्टुन ( २१०० वटा) बोईलर कुखुरा को चल्ला बिहिवार वरामद गरेको हो । वरामद गरेको कुखुरा को चल्ला को मुल्य १ लाख ६८ हजार रहेको प्रहरी ले अनुमान गरेको छ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं. १० वाट २८ वोरा (१७०० के. जी) प्याज शुक्रवार भारत वाट अवैध रुप मा नेपाल ल्याउँदै गरेको अवस्था मा जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले वरामद गरेको जनाईएको छ। वरामद गरिएको वोईलर कुखुरा को चल्ला लाई पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय र प्याज लाई भैरहवा भंसार कार्यालय वेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।




