महाेत्तरी- महाेत्तरीकाे ओैरहीमा दुई माेटर साईकल एक आपसमा ठाेक्किदा दुई जनाकाे मृत्युु भएको छ। बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएको दुई मोटरसाइकल चालकले एकअर्कालाई नदेख्दा आपसमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

बर्दिबास-जलेश्वर सडक खन्डमा पर्ने औरही नगरपालिकामा सोमवार राति दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २-०२-००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका–४ विर्ता पलारका ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा प्रहरीले पुर्यातएको थियो । गम्भीर घाइते दुवै जनाको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भंगहा नगरपालिका - विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव रहेका छन् ।




