उधोग बाणिज्य संघ बर्दिवासको कार्यसमिति भौगोलिक र लैङ्गिक समावेशी नभएको प्रश्न उठीरहेको वेला विधान संशोधन गरिएको छ ।
२० पुसमा भएको दोश्रो बार्षिक साधारणसभाले कार्यसमितिलाई समावेशी वनाउने उदेश्यसहित ४ वटा बुद्दा संशोधन गरेको हो ।
संघका अध्यक्ष बिष्णु बहादुर खड्का अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा हरेक वडाको प्रतिनिधित्व हुनेगरी आरक्षण कोटा, ३ जना उपाध्यक्ष मध्य अनिवार्य महिला उपाध्यक्ष जस्ता बिषयहरुलाई संशोधन गरेको हो ।
सल्लाहकार, विभिन्न बस्तुगत संघका प्रतिनिधि, समाजसेवी लगायतको वाक्लै उपस्थितिमा पेश भएका कतिपय मस्यौदामाथी छलफल मात्र भएको संघका माहासचिव उत्तम कुमार श्रेष्ठले जानकारी दिए ।
संसोधित विधानले अब हुने निर्वाचनपछि १९ जना कार्यसमितिको आकार निर्धारण गरेको छ ।
जसमा अध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव,
कोषाध्यक्ष, महिला सह -कोषाध्यक्ष, महिला सदस्य -४ जना, पुरुष सदस्य -५ जना र आरक्षित कोटामा दुई जना गरि १९ जना वनाईएको हो ।
आरक्षित सदस्यमा भने वडा न.५,१० र ११ वाट एक जना, वडा न.६,७,८,९,१२,१३ वाट १ जना गरी जम्मा २ जना उमेदवार हुन् पाउने वाटो खुल्ला गरिएको छ । तर यसको लागी निश्यत सर्तहरु भने पार गर्नुपर्नेछ ।
त्यसैगरी मनोनित निर्वतमान अध्यक्ष, पदेन सदस्य बाहेक सम्पूर्ण पदअनुसार निर्वाचन हुने छ । मनोनित सदस्यहरुले अध्यक्ष पदको उम्मेदवारी दिन पाइने छैन । तर अध्यक्ष पदमा निर्वाचित अध्यक्षले लगातार दुई कार्यकाल भन्दा बढि उम्मेदवार दिन नपाउने व्यवस्था गरिएको छ ।
अन्य बिषयहरुमा भने व्यापारिक हकहितको लागी सुझावहरुलाई मनन गरेर संसोधन गर्दै जाने उधोग बाणिज्य संघले जनाएको छ ।




