महोत्तरी – नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य, पूर्व प्रतिनिधिसभा सदस्य तथा वर्तमान महासमिति सदस्य रामचन्द्र तिवारीले पनि आफ्नो फेसबुकमार्फत राष्ट्रिय सभाकोलागि नेपाली काँग्रेसले गरेको निर्णयलाई निन्दनीय र भेदभावपूर्ण भन्दै केही यक्ष प्रश्नहरु गरेका छन् । सत्ता साझेदारबाट मधेश प्रदेशको लागि नेपाली काँगे्रसले पाएको १(एक) सीटमा कुनै मधेसी अनुहार नदेखिनु सामान्य त्रुटी नभई पार्टीको दुराशयपूर्ण हो, सिंगो मधेसप्रतिको अपमान हो भनी भनेका छन् ।
के राष्ट्रिय सभाको लागि पार्टीले मधेसीमध्ये एउटापनि योग्यतम व्यक्ति भेटेन ? कहीँकतैबाट पनि कुनै मधेसी कार्यकर्ताको नाम त्यो अधुरो संसदीय समितिमा उच्चारित समेत नहुनुलाई ‘सगोत्री सबैलाई सुपाच्य नै भएको हो त ?’ तिवारीले काँगे्रस नेतृत्वलाई प्रजातन्त्र देखि गणतन्त्रसम्मको हरेक संघर्षमा मधेसीहरुले नेपाली काँगे्रसको झण्डामुनि बसेर अग्रिम मोर्चा सम्हालेको इतिहास स्मरण गराएका छन् । मधेस आन्दोलनको बेला अपमानित भएर समेत प्रजातन्त्र र पार्टीको लागि अविचलित भएर पार्टीलाई जिउँदो प्रतिनिधित्व गरेका नेपाली काँगे्रसका कार्यकर्ताहरु नसम्झीनु दुःखद हो । काँगे्रस नेतृत्व नसुध्रिने हो भन्ने ‘काँगे्रस बिहिन मधेस’ हुन वेर नलाग्ने उनको ठम्याई छ ।



वास्तवमा, पुस १२ देखि १४ गतेसम्म नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक आसन्न राष्ट्रि«य सभा निर्वाचनको लागि उम्मेदवार छनोटमा केन्द्रित रहेको थियो । काँग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्दा पनि कस्तालाई बनाउने भनी घनघोर छलफल पश्चात उम्मेदवार चयनका लागि मापदण्ड तयार पारियो । जसमा, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ द्धवि भएका, कुनै पनि अवसरबाट बंचित भएका तथा लोकप्रिय व्यक्तित्वलाई मौका दिनुपर्ने भनी तोकियो ।
त्यस्तै अर्को महत्वपुर्ण मापदण्डको रुपमा भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलनलाई विशेषरुपमा ध्यान पुर्याउने भनी कार्यसम्पादन समितिले निर्धारण गर्यो । तर शेरबहादुर देउवा र पुष्पकमल दहालले तयार पारेको गठबंधनले आफैले निर्धारण गरेका न्यून्तम नैतिकता देखाउनबाट चुकेको देखिन्छ । नेपालमा राष्ट्रिय सभालाई अमुक नेताहरुले ‘राष्ट्रिय डम्पिङ्ग’सभा बनाउन लागेको हो भनी बिभिन्न कोणबाट आलोचना भइरहेको छ । नेपाली काँगे्रस नेतृत्वले मधेश प्रदेशसँगको गरेको व्यवहारको पनि आलोचना जारी छ ।





