महोत्तरी - अयोध्यामा आज भइरहेको भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा महोत्तरी जिल्लाको मटिहानी स्थित प्रसिद्ध,धार्मिक लक्ष्मीनारायण मठ मन्दिरमा भगवान राम र सीताको २५ फिटको कलात्मक मूर्ति बनाई धार्मिक विधिपूर्वक पूजा गरिएको छ।

सो भगवान श्री राम र सीताजीको २५ फिटको कलात्मक मूर्तिको अनावरण लोसपा नेपालका केन्द्रिय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरत सिंह भण्डारी र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलजले संयुक्त रुपमा गर्नुभयो ।


त्यस अवसरमा बाजागाजा, कीर्तन सहित स्वस्तिक वाचन र आरती गरिएको थियो।अहिले लक्ष्मीनारायण मठलाई दुल्ही झै बिजुली लाइट र मालाले सिँगारिएको छ ।

करिब २० वटा पलाए काठले कलात्मक राम र सीताको मूर्ति तयार गर्न १५ दिन लागेको थियो। मूर्ति हेर्न र दर्शन गर्न श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच लक्ष्मीसागर पोखरीमा बिहान भगवान लक्ष्मी नारायणको विशेष आरती समेत गरिएको थियो भन्ने साँझ लक्ष्मीनारायण मठ (मन्दिर) मा महाआरती गरिने कुरा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले बताउनुभयो ।









