काठमाडौं – मधेस प्रदेश सरकार मातहत रहेको आमसञ्चार प्राधिकरणले स्वाभिमान, सम्मान र न्यायका लागि गरेको प्रयासका लागि पत्रकार राजकरण महतोप्रति उच्च सम्मान प्रकट गरेको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै गत आईतबार पत्रकार महतोमाथि दुव्र्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था कायम रहेको अवस्थामा पनि रंगकै आधारमा बिनाकारण कुटपिट प्रयास तथा अपमानजनक कार्य जोकोहीबाट हुनुले कानुनी राज्यको ठाडो उपहास गरेको उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिवसमेत रहेका ऊर्जावान युवा पत्रकार एवम् समाजिक तथा शैक्षिक सुधार अभियानी महतोले काठमाडौं बसाइको अढाइवर्षको अन्तरालमा समाचार संकलनका लागि फिल्डमा खटिँदा आधा दर्जनभन्दा बढीपटक सडक, बजार, चोकमा आफू र मसँग रहेका आफन्तजनले लगाएको पोसाक, अनुहार र बोलीका आधारमा ‘भैया’, ‘बिहारी’, ‘मर्सिया’ भनेर दोस्रो दर्जाको नागरिकको रूपमा लिई अपमान गर्दै आएको दुःख सुनाएको विज्ञप्तीमा उल्लेख छ ।
‘सार्वजनिक स्थलमा यस्ता दुव्र्यहारका घटना हुनु र दोषीलाई कडा कारवाही नहुनुले यस्ता घटनाले प्रश्रय पाउँदै गएको छ ।



यद्यपि पत्रकार महतोमाथि भएको कायरतापूणर् घटनाको चौतर्फी भत्र्सना एवम् कारवाहीका लागि दबाब बढेपछि आरोपी बसका चालक र सह-चालकलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर घटनाको अनुसन्धान अगाडि बढ्नु सकारात्मक पक्ष हो । घटनाका दोषीलाई हदैसम्मको कारवाही होस्, ताकी आइन्दा यस्ता अपमानजनक हर्कत गर्ने दुस्साहस कसैले नगरोस्,’ अध्यक्ष यादवले विज्ञप्तीमा उल्लेख गरेका छन् । स्वाभिमान, सम्मान र न्यायका लागि गरेको प्रयासका लागि पत्रकार महतोप्रति उच्च सम्मान प्रकट गर्दै प्राधिकरणले शान्ति सुरक्षालगायतका विषयमा गम्भीर बन्नसमेत सम्बन्धित निकायसँग माग गरेको छ ।
७ माघ, २०८० मा काठमाडौंको तीनकुनेमा भएको घटनाका आरोपी बसका चालक र सह—चालकलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । आरोपीसंगै बसलाई पनि नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान अगाडि बढाइएको छ ।
मुद्दा दर्ता पछि आरोपीलाई सार्वजनिक गरिने प्रहरी श्रोतले जनाएको छ । बानेश्वर प्रहरीले शुक्रबार पीडित बनेका नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव समेत रहेको युवा पत्रकार तथा समाजिक अभियन्ता महतोलाई बोलाएर घटना बारे जानकारी लिएको छ ।
अन्नपूणर् पोस्ट्का सिनियर करेस्पोन्डेन्ट तथा द पब्लिक टुडे अनलाइनका सम्पादक राजकरण महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए ।
बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।





