
काठमाडौं । राष्ट्रिय जनता दलका अध्यक्ष नीतीश कुमारले भारत बिहार राज्यको मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन् । नीतीशले आजै राजीनामा दिएर पुरानो सरकार भंग गरेका थिए ।
शपथ ग्रहण समारोहमा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टीका नेता चिराग पासवान समेत कयौं नेता उपस्थित रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

यसअघि तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसँग मिलेर सरकार बनाएका नीतीशले गठबन्धन फेरेका हुन् । उनलाई अब भारतीय जनता पार्टीको समर्थन छ ।
उनले भाजपाका तीनसहित ८ जनालाई मन्त्री बनाएका छन् । उनको दलबाट चार तथा हिन्दुस्तानी अवाम मोर्चा र निर्दलीय एकजना मन्त्री बनेका छन् ।
नीतीशको दल बिहार विधानसभामा तेस्रो ठूलो दल हो । तर, दुई ठूला दलसँग पालैपालो मिलेर नीतीश कुमार लामो समयदेखि मुख्यमन्त्री बनिरहेका छन् ।
बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजीनामा, भाजपासँग मिलेर नयाँ सरकार बनाउने तयारी