काठमाडौं- रंग, पहिरण र भाषाको आधारमापत्रकार राजकरण महतोमाथि भेदभावतथादुव्र्यहार गर्ने आरोपीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । घटना भएकोे ८ दिनपछि प्रहरी वृत्त नयाँबानेश्वरले दुई जनाआरोपीबिरुद्ध किटानी जाहेरी दर्ता गरेको हो ।
माघ ७गते काठमाडौंको तीनकुनेमापत्रकार महतोलाई ‘भैया’भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लीलगालीगलौज गर्दै कुटपिटको प्रयास गरेको आरोपमाप्रहरीले शुक्रवार बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातकाचालक र सहचालकलाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेमा गाडी चालकधादिङको त्रिपुरासुन्दरी गाउँपालिका - ८ स्थायी ठेगानाभई हाल काठमाडौं महानगरपालिका - ३१ बानेश्वर बस्ने २४ वर्षीय ईश्वर भन्ने शेषबहादुर पौडेल र सहचालक धनुषाको मिथिलानगरपालिका - ८ बेंगाडाबर स्थायी घर भई हाल काठमाडौंको नारायणटार बस्ने २४ वर्षीय विक्रमकार्की रहेका छन् ।
उनीहरुमाथिपत्रकार महतोले भेदभावपूर्ण व्यवहार कसुरमादिएको किटानी जाहेरी आईतबार दर्ता भएको प्रहरी वृत नयाँबानेश्वरकाअपराध अनुसन्धानशाखाकाप्रहरी निरीक्षकबीरेन्द्र केसीले जानकारी दिए ।पक्राउ परेकादुवैजनालाई काठमाडौ जिल्ला अदालतबाट पाँचदिनको म्यादलिएर अनुसन्धानगरिरहेको प्रहरी निरीक्षककार्कीले बताए ।कसुर ठहरिए ३ बर्ष जेल वा ३० हजार जरिवानावादुवै सजायहुने कानुनकाजानकारहरु बताउँछन् ।मुलुकीअपराध संहिता २०७४ को दफा १६० माभनिएको छ ‘भेदभावतथाअन्यअपमानजनकव्यहार गर्नु हुँदैन ।
यस्तो गतिविधिगरिएमाभेदभावपूर्ण व्यवहार गर्ने र गराउनेलाई ३ बर्ष जेल वा ३० हजार जरिवानावादुवै सजायहुनेछ ।’अन्नपूर्ण पोस्ट्कासिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामामाघ ७तीनकुनेमा एउटा बसकाकर्मचारीहरूले साम्प्रदायिक सद्भावबिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेकाथिए ।