काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बुधवार बसेको निगम सञ्चालक समितिले माघ १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।



पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो ।





