
बर्दिवास- एनएमबिबैंक लिमिटेडले सस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत बर्दिवास नगरपालिकाको श्री जनताआधारभूतविद्यालय, टुटेश्वरका बालबालिकाहरुलाई न्यानो यूनिफर्म वितरण गरेको छ ।
सो कार्यक्रममा बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख कमल पोखरेल, सन्चालन प्रबन्धक राजकुमार विश्वकर्मा र बर्दिवास शाखा प्रमुख आदित्य भट्टराई साथै बर्दिवास शाखाका कर्मचारीहरु साथै विद्यालयका तर्फबाटबालबालिकाहरु, अभिभावक, विद्यालय व्यवथापन समितिकाअध्यक्ष अनिलकुमार यादव, विद्यालयका प्रधानअध्यापक अमर बहादुर विश्वकर्मा र वडा नं १० का अध्यक्ष प्रमोद कुमार मोक्तान लगायत अन्य पधाधिकारीहरु समेतको उपस्थिीती रहेको थियो ।

एनएमबि बैंक विगत २७ वर्ष देखि रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्थाहो ।
बैंक दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसिया कै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफ दि इयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपाल कै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल’प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।