काठमाडौंमा पत्रकार राजकरण महतोलाई ‘भैया’ भन्दै दुव्र्यबहार गर्ने बस चालक र सहचाकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा आरोपीविरुद्ध ‘जातीय भेदभाव तथा छुवाछुत’ सम्बन्धि कसुरमा मुद्दा दायर गरेको हो । बसका सहचालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका – १६ बस्ने वर्ष २४ का विक्रम कार्की र चालक धादिंग त्रिपुरसुन्दरी गाउँपालिका ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका – ३२ तीनकुने बस्ने वर्ष २५ का शेकबहादुर पौडेलमाथि मुद्दा दायर छ ।
गत माघ ७ गते काठमाडौंको तीनकुनेमा पत्रकार महतोलाई ‘भैया’ भन्दै बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात चालक तथा सहचाकले दुव्र्यबहार गरेका थिए । आरोपीलाई पक्राउ गर्न र कानुनी कारवाही गर्न चौतर्फी आवाज उठाइएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम चालक र सहचालकविरुद्ध अदालतमा दर्ता भएको मुद्दामा पीडित पत्रकार राजकरण महतोको जाहेरीले नेपाल सरकार वादी रहेको छ ।



निजप्रतिवादीहरु उपर मुलुकी अपराध संहिता १६० बमोजिम कारबाही दिलाई पाउँ भनि जाहेरी दर्खास्त परेको थियो । दर्ता भएको मुद्दामा प्रहरीको घटना मुचुल्कामा सहचालक प्रतिवादी विक्रम कार्कीको बयानमा आफूले दुव्र्यबहार गर्दै झै झग्डा गरेको स्वीकार गरेका छन् । चालक शेक बहादुरले पनि सहचालकले गरेको दुव्र्यबहार घटनामा आफूले समर्थन जनाएको पनि स्वीकारेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ । भेदभाव तथा अपमानजनक व्यबहार गरेको कसुर पुष्टि हुने भएकाले मुलुकी सहित २०७४ को दफा १६६ (१) बमोजिमको कसुरमा दफा १६६ को उपदफा (२) सजाय माग गरेको छ ।
यो कसुरमा ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना वा दुबै कारबाही हुन सक्ने कानुनी व्यवस्था छ । अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ तीनकुनेमा बस चालक तथा सहचालकले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए ।




