बेचन कुमार महतो
[email protected]
९८५४०३०९४८
परिचय
विश्व वातावरण दिवस हरेक वर्ष ५ जुनमा मनाईन्छ र यसलाई संयुक्त राष्ट्र वातावरण कार्यक्रम (यूनेप) द्वारा प्रोत्साहित गरिन्छ । सन् १९७३ देखि यस दिवसलाई विश्वव्यापी रुपमा एक महत्वपुर्ण वार्षिकोत्सवको रुपमा मनाईदै आएको छ । यस दिवसले वर्तमान समयमा सवै भन्दा सम्वेदनशिल वातावरणीय चुनौतीहरुको बारेमा ज्ञान बढाउनमा एक विश्वव्यापी मेगाफोनको रुपमा कार्य गर्दै आएको छ । प्रत्येक वर्ष कुनै देशले यो दिवस मनाउनको लागि होस्टको भुमिका निर्वाह गर्ने गर्दछ । होस्ट कन्ट्रीले वातावरणीय क्षेत्रको सवालहरुको सम्वोधन हेतु उच्च प्रभावकारी पहलहरुको कार्यान्वयनको लागि समन्वय गर्ने गर्दछ । २०२५ मा होस्ट कन्ट्रीको भुमिकामा गणतान्त्रिक मुलुक कोरिया रहेको छ । प्लास्टिक फोहर विरुद्धको लडाईमा विकास गरिएका उन्नत र प्रभावकारी रणनीतिहरु मार्फत वातावरणीय सुरक्षा र स्थिरताको लागि जनाएको प्रतिवद्धताको कारण २०२५ मा कोरियाले यस दिवसको होस्ट गरि रहेको हो । विश्व वातावरण दिवसको सवैमा शुभकामना ।

विश्व वातावरण दिवस २०२५ को थिम
विश्व वातावरण दिवस २०२५ को थिम ूद्यभबत एबिकतष्अ एयििगतष्यलू अर्थात प्लाष्टिकजन्य प्रदुषणलाई पराजित गर्ने वा न्यूनीकरण गर्ने हो । प्लास्टिकजन्य फोहरलाई विश्वव्यापी रुपमा समाप्त गर्ने विषय एकदम स्पष्ट छ । यो विषय केवल समुद्र वा वाटर वडीमा देखिने फोहर सँग मात्र सम्वन्धित छैन, मुख्यरुपमा माटो, पानी, खाद्य वस्तु तथा जैविक प्राणीको शरीरमा रहेको हाम्रो आँखाले देख्न नसक्ने साना प्लास्टिक (माईक्रो प्लास्टिक) सँग सम्वन्धित छ । यूनेपको अनुसार माईक्रोप्लास्टिकले पृथ्वीमा (१) वातावरणीय संकट, (२) प्रकृति र जैविक विविधता ह्रास सम्वन्धी संकट तथा (३) प्लास्टिक र फोहर सम्वन्धी संकट जस्ता अन्तर सम्वन्धित संकटहरुलाई बढावा दिएको छ । अतः प्लास्टिकजन्य प्रदुषणको समस्यालाई सम्वोधन गर्नु समग्र पृथ्वीको स्वास्थ्यको लागि आवश्यक भएको छ ।

जैविक विविधता र प्लास्टिकः एक अदृष्य (तर घातक) कडी
जव हामी प्लास्टिकको कुरा गर्दछौ, तब हामी नदी तथा वाटर वडीमा फालिएका वोतलहरु वा समुद्रमा प्लास्टिकमा बेरिएका कछुवाहरुको कल्पना गर्दछौ । तर प्लास्टिकले कीटहरु, माहुरी, माटो, विरुवाहरु र सूक्ष्मजीवहरुमा पनि प्रभाव पारेको हुन्छ । मल्चिगँ र सिंचाईका लागि प्रयोग गरिएका कृषी प्लास्टिकले माटोमा माइक्रोप्लास्टिकको उत्सर्जन गर्दछ जसले यसको उर्वरतालाई परिवर्तन गरि रहेको हुन्छ र सम्पुर्ण खाद्य चेनलाई नै विकृत वनाउदै गएको हुन्छ । यसतो विषाक्त माटोमा पदार्थ चक्र र माटो स्वास्थ्यको लागि महत्वपुर्ण मानिएको डिकम्पोजिँग किराहरुको कमि हुन गई माटोको उर्वरा शक्ति नै कमजोर हुँदै गएको अवस्था छ । कीट र परागणकर्ताहरुको कमिले डोमिनो प्रभाव पर्ने गर्दछ । चरा, उभयचर र अन्य जनावारहरुको लागि अपर्याप्त खाद्य उपलब्धता, विरुवाहरुको लागि कम संख्यामा परागणकर्ताहरु, कम संख्यामा विउ उत्पादन र जैविक विविधतामा आउने ह्रास डोमिनो प्रभावका केहि उदाहरणहरु हुन ।
डिकम्पोजिँग किराहरुको आधारभुत भुमिका
डिकम्पोजिँग किराहरु जस्तै सुक्ष्म जिवाणु, विटल, कमिला, गड्यौला र केहि उडने प्रजातीका किराहरुले पारिस्थितिकीय प्रणालीको सन्तुलनमा महत्वपुर्ण भुमिका खेलि रहेको हुन्छ । यसता किराहरुले निर्जिव जैविक समाग्रीहरुलाई आवश्यक पोषणमा रुपान्तरण गरी माटोको संरचनामा सुधार ल्याई उर्वरा शक्तिलाई बढाउने गर्दछ । विरुवाको पात, डाँठ, जनावरका अंश र अन्य जैविक पदार्थहरुलाई सडाउने (डिकम्पोज) गर्दछ । ह्यूमस निर्माणलाई बढावा दिदै माटोमा पानी र पोषण तत्व धारण क्षमतालाई सुधार गर्दछ । विरुवाको वृद्धि र समग्र जैविक विविधतालाई संतुलन गरेको हुन्छ । तर माटोमा प्लास्टिकको प्रदुषणले यसता डिकम्पोजिँग किराहरुको जिवन्ततालाई नै खतरा पुर्याई रहेको हुन्छ । प्लास्टिकका कणहरुले त्यसता किराहरुको खुवाई, प्रजन्न र गतिशिलतामा अवरोध पुर्याउँदछ जसले गर्दा डिकम्पोजिँग प्रकृया नै ढिलो हुन गई माटोको गुणस्तर कमजोर हुने गर्दछ ।

डिकम्पोजिँग किरा र पारिस्थितिकिय स्वास्थ्य
माटोमा डिकम्पोजिँग किराहरुको कमिले श्रृंखलावद्ध प्रभावहरु देखिने गर्दछ जसले समग्र पारिस्थितिकिय प्रणालीलाई नै प्रभावित पारी रहेको हुन्छ । माटोमा कुहिन नसकेका जैविक पदार्थहरुको संचिति बढ्नु, माटोको उर्वराशक्तिमा ह्रास आउनु, ट्रफिक नेटवर्कमा आउने विग्रहका कारण जैविक विविधतामा ह्रास आउनु जसता प्रभावहरु देखिन्छन् । अतः डिकम्पोजिँग किराहरुको भुमिकालाई मध्यनजर गर्दै विश्वव्यापी जैविक विविधताको संरक्षण मार्फत पारिस्थितिकिय तन्त्रहरुको स्वास्थ्यको लागि प्लास्टिक प्रदुषण नियन्त्रण गर्नु आजको आवश्यकता हो ।





