महोत्तरीमा महिलाको हत्या भएको भन्दै माइतीपक्ष आक्रोशित, प्रहरी–माइतीपक्षा बिच झड्प
महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरास्थित एक महिलाको रहस्यमय तरिकाले हत्या भएको भन्दै घर घेरेका छन् । अहिले माइती पक्षले घरमा तोडफोड गरेका छन् । अवस्था तनाव ग्रस्त छ।
इलाका प्रहरी कार्यालय बर्दिवास र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प पशुपतिनगरबाट बाक्लो संख्या प्रहरीले खटिएको छ । प्रहरी र माइतीपक्षबीच झपड हुँदा करिब दर्जन भन्दा बढी घाईते भएका छन् ।
वर्दिवास १२ विजलपुरा बस्ने रामबाबु सिंहकी बुहारी पिंकी महतो अहिले साँझ ८ बजे घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । गौशला नगरपालिका ११ कान्तिबजार माइती रहेको पिंकीको माइतीघर उनको मृत्यु भएको खबर पाएपछि दर्जनौ संख्यामा बिजलपुरा आइपुगेका आक्रोशित माइतीपक्षले घर पसेर तोडफोड गर्नुको साथै एक कार, एक मोटरसाइकल र एक स्कुटीमा समेत आगजनी गरेका छन् । पछि सुरक्षाकर्मीहरुले समय मै आगो निभाएका थिए ।









