
भैरहवा- पाल्पा जिल्ला को तिनाउ गाउंपालिका वडा नं ६ मस्याम को ईकोफम हाउस नजिकै को भित्री कच्ची सडक खण्डमा मंगलवार भएको दुर्घटना मा आठ जना को ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।
डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

घटनास्थल मा तत्काल प्रहरी परिचालित भई घाइतेहरूको उद्धार गरी घाइते सबैको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ। प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरी ले जनाएको छ।