
महोत्तरी - ४ बर्ष अगाडी बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्कारको सिकार बन्नु पर्र्यो । यसको एक मात्र कारण थियो वुवा अनुठा यादवको मृत्यु संस्कार ७ दिनमात्र गर्नु । यस्को सजाय यादवले सामाजिक बहिष्कार मात्र भोगेनन गाँउवाट नै विस्थापन बन्न बाध्य समेत बन्नुपर्र्यो ।
पहाडका धेरै ठाँउहरुमा पुराना संस्कारहरुको बिरुद्ध बिद्रोह सुरु भएतापनी मधेशका देहातमा भने यसलाई अनौठो र दुस्साहसकोरुपमा लिइन्छ जसको परिणाम कठोर र निक्कै दर्दनाक सामाजिक सजायको भुक्तभोगी बन्नुपर्ने यादवमाथी घटेको घटनाले नै पुष्टि गर्दछ ।
यस्तै अर्को घटना घटेको छ महोत्तरीको महोत्तरी गाँउपालिका अन्तर्गत रतिबाडामा । केही हप्ता अगाडी मृत्यु भएकी आफ्नो आमा सिवज्योती यादवको मृत्यु संस्कार बहिष्कार गरेपछी कान्छो छोरा संकर राय चौथो पटक सामाजिक बहिष्कारको सिकार वनेको खुलासा भयो ।
भनिन्छ कुनैपनि संस्कारहरु धर्मवाट निर्देशित हुन्छन तर धर्मकर्ममा निक्कै आस्था राख्ने मधेशको भित्री देहात रतिवाडामा रायले गरेको बहिष्कार अहिले मधेशमा चर्चा र अचम्मको बिषय वनेको छ ।
अझ अचम्म लाग्दो त काँहानिर छ भने रायको साँस्कृतिक बिद्रोह न यो पहिलो हो न त सामाजिक बहिष्कार नै । उन्ले जहिलेवाट सुधारात्मक संस्कारमा जोड दिए त्यतिवेलादेखी नै कथित सामाजिक बहिष्कारको सजाय भोगेका छन् जुन इतिहास ४० बर्ष पुग्यो ।
धर्मकर्म कै बिस्वासले विकसित भएको समाजमा रायले चार/चार पटकसम्म कसरी सामाजिक बहिष्कारको सजाय भोग्नुपर्र्यो त भन्ने बिषय आम मानिसको लागी थप कौतहुल वन्न सक्छ । २०३८ सालदेखि नै वामपन्थी विचारक रायले धर्मका नाममा हुने फजुल खर्च अवैज्ञानिक भएको भन्दै गाँउमा जागरणको सुरुवात गरेका थिए । यसैको परिणामस्वरूप पहिलोपटक सामाजिक बहिष्कार भोगेका रायको अविछिन्न र अविचलित यात्रा अहिलेसम्म जारी छ ।
आमाको मृत्यु संस्कारको वहिष्कार पनि यसैको निरन्तरता हो जुन सजाय राय चौथो पटक भोग्दै छन् ।
२०५४ सालमा रायको दोश्रो साँस्कृतिक बिद्रोह
२०५४ सालमा रतिवाडामा नै रायको काकीको निधन भयो । त्यतिवेला पनि रायले क्रियाकर्म गर्न मानेनन । दाजुभाईले गरे तर उनले काकीको क्रियाकर्ममा लाग्ने खर्च गाँउ कै एक विद्यालयमा लगानी गरे । तत्कालिन समयमा २४ हजार ९ सय रुपैया विध्यालयलाई हस्तान्तरण गरेर २ विद्यार्थी बस्ने २ कोठा निर्माण भयो । ''जुन अहिले काकीको सम्झनामा जीवन्त वनिरहेको छ ।'' उनले भने । ''बाहुनहरुलाई गरिने खर्च सामाजिक काममा किन नलगाउने भन्ने उदेश्यले त्यतिवेला पनि मईले साँस्कृतिक बिद्रोहको सुरुवात गरेको हौ ।''
तर यो बिद्रोह रायको लागी निक्कै महँगो वन्यो । दाजुभाईवाट बहिष्कार वन्नुपर्र्यो । छोएको खाना गाँउमा चल्न छाड्यो । गाँउ प्रवेशमा निषेध गरियो । राय यसमा अझै विचलित भएनन । उनलाई के बिस्वास थियो भने संस्कारका नाममा हुने खर्च गलत छ ।
अनि गाँउमा बस्न नसकेपछि जनकपुरमा विस्थापन बन्नुपर्र्यो
पारिवारिक दवाव, सामाजिक अपहेलना तथा बहिष्कारका वावजुत पनि साँस्कृतिक विद्रोहको परिणामस्वरूप उनी रतिवाडावाट विस्थापन बन्नुपर्र्यो । सामुहिक सोच विपरित जहिल्यै फरक मत राखेकै आधारमा सामाजिकरुपमा एक्लिएपछी गाँउ नै छाड्न बाध्य बन्नुपरेको राय बताउछन । तर पारिवारिक भित्री माया भने रायले सधै महसुस गरिरहे ।
मृत्युअघि आमा सिवाज्योति पनि रायसँगै बसेकी थिइन् । जेठा दाई देवेन्द्र राय रातिबाडामा नै बस्छन । दाजु देवेन्द्रले भाईको स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गरेनन बरु भाई शंकरले भातिजाहरुको ब्रतबन्ध नै नगर्ने निष्कर्षमा पुगेपछि कान्छोलाई भने भारतको बैधनाथ धाममा पुगेर जनै लगाईदिएका थिए ।
छोराहरुको कै कारण तेस्रो पटक परिवारलाई निषेध
रायका २ छोरा छन् । प्रवेश राय र अभिलव राय । रायलाई गाँउमा निषेध गरेतापनि दाजु देवेन्द्रको सामाजिक ऐक्यबद्दताका कारण परिवारलाई हेर्ने दृष्टिकोण भने अलि फरक थियो ।
एकदिन प्रवेश र अभिलव रतिवाडा गएका थिए । ''गाँउमा एक ठाँउमा बंगुर काटिएछ ।'' रायले भने । ''छोराहरुलाई मासु खान मन लागेपछि गाँउमा नै बंगुरको मासु खाएछन यसैलाई लिएर मलाई थप हेर्ने दृष्टिकोण सामाजको सागुरो बन्यो ।''
कथित जातीय व्यवस्थाको कारण खानामा समेत बर्गिकरण हुनु रायलाई मन पर्दैनथ्यो । मानिसको इच्छालाई जात व्यवस्था कै कारण निषेध गर्नु रायको लागी असह्य नै थियो ।
बंगुरको मासु छोराले खाएपछि रायको लागी अर्को सामाजिक बिद्रोह बन्यो । भडकाउने र धर्मलाई निस्तेज वनाउने आरोप खेप्दै आएका रायलाई छोराले बंगुरको मासु खाएपछि समाजलाई पुष्ट्याई गर्ने महत्वपुर्ण आधार बन्यो । पुन: राय असामाजिक र धर्मबिरोधीकोरुपमा रतिबाडामा कलंकित वन्नु पर्र्यो ।
४० बर्षपछी सामाजिक सजायवाट मुक्ति
धर्म र संस्कारको नाममा अफवाह फैलाएको भन्दै २०३८ सालदेखी नै सामाजिक वहिष्कारको सिकार वनेका शंकर राय २०५४ सालमा काकीको क्रियाकर्म बहिष्कार गरेपछि थप सामाजिक घेराबन्दीमा परे ।
समाज रायको लागी कठोर र निर्दयी वन्यो । तर रायले सोही ठाउँको सामाजिक कार्यलाई सधै निरन्तरता दिईरहे । उनकै पहलमा भजन गर्ने मन्दिर मात्र बनेनन विद्यालय र केही विकासका काम समेत हुन् थाले ।
जसको परिणामस्वरूप पछिल्लो पुस्ताको सहानुभूति बढ्दै गयो । संस्कारका नाममा हुने फजुल खर्च र प्रक्रिया कम गर्नुपर्छ भन्ने उदेश्यले रायले थालेको बिद्रोहलाई स्थानीय युवाहरुले भित्रीरुपमा साथ दिन थाले ।
''२०३८ सालदेखि भोग्दै आएको सामाजिक बहिष्कार २०७८ मा आएर फुकुवा भयो ।'' रायले भने । ''युवाहरु कै कारण ४० बर्षपछी मलाई गाँउका विवाह तथा धार्मिक संस्कारहरुमा सहभागी हुने वाटो खुल्ला भयो ।''
आमाको मृत्यु संस्कारले पुन: बहिष्कार
नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले भनेका छन् ''धर्मले विकास गरेका संस्कृतिले वैज्ञानिकता प्राप्त गर्दै जाँदा तथा उत्पादन, संघर्ष र वैज्ञानिक खोज अनुसन्धानबाट विकसित हुने वैज्ञानिक संस्कृतिका विकासका कारण कुनै दिन धर्म विलुप्त हुनेछ ।'' संकर रायको कतिपय क्रियाकलापले नेता गौतमले भनेजस्तै धर्म विरोधी त हैनन भन्ने संका, उपसंकाहरु हुने गर्दछन तर राय आफु धर्मको पक्षधर नै भएको दावी गर्छन ।
''समाज रुपान्तरणको लागी धर्म आवश्यक छ तर सुधार गर्दै लैजानुपर्छ भन्ने मेरो मान्यता हो ।'' राय भन्छन । ''म धर्मविरोधी पटक्कै हैन तर धर्मभित्र विकसित भएका कतिपय अन्धबिस्वास र संस्कार आम मानिसको लागी निक्कै पीडादायी छन् ।''
यही चेतका कारणले रायले केही हप्ता अगाडी मृत्यु भएकी आमाको क्रियाकर्म नै अस्विकार गरे । सुरुमा रायले आफ्ना दाई देवेन्द्रलाई पनि बिस्वस्त बनाएका थिए ।
तर सामाजिक दवावले दाईले भने रतिबाडा नै आमाको १३ दिनसम्म क्रियाकर्म गरे । धार्मिक मान्यताअनुसार दाईसँगै कोरामा बस्नुपर्ने राय जनकपुरमा नै बसे । दैनिक पण्डित बोलाएर गर्नुपर्ने कामहरुमा खर्च हुने पैसा रायले मानव आश्रममा दान गरे ।
बरु १३ दिनपछि रायले केही कम्युनिष्ट नेताहरुलाई बोलाएर सोकसभाको आयोजना गरे । यही कारणले राय पहिलेजस्तै सामाजिक बहिष्कारको सिकार भएका छन् । गाउँमा पंचायत गरेर दाजुभाईले कुलवाट अलग गर्ने निर्णय गरेका छन् भने अन्य गाउँलेहरूले धर्मबिरोधी गतिविधि गरेको भन्दै उनको घरमा आवतजावत नै बन्द गरेका छन् ।
मनुस्मृतिले धर्मलाई संसार सुरक्षित र यस लोकको सुख र पारलौकिक कल्याणसमेत भनेर परिभाषित गरेको छ । वेदले कर्म नै धर्म हो भनेको छ । वैशेषिक दर्शनले मानिसमा उदयदेखि सिद्धि प्राप्ति र मोक्ष प्राप्तिसम्मलाई धर्म भनेको छ । जैमिनिसूत्रले मानवले गर्नुपर्ने कार्यका विधानलाई धर्म भनेको छ । महर्षि वेदव्यासको शब्दमा परोपकार गर्नुलाई धर्म भनिएको छ । याज्ञवल्क्य ऋषिका अनुसार योगमा समाहित भएर आत्मत्तत्वको दर्शन गर्न सक्नु नै धर्म भनिएको छ ।
तर संकर रायको दृष्टिकोणमा धर्मको नाममा हामी जसरी संस्कारलाई मान्दै आएका छौ त्यो अन्धबिस्वास हो । अन्धबिस्वासलाई चिरेर धर्मलाई पनि प्रगतिशील वनाउनुपर्ने रायको तर्क छ । उनी अहिले भौतिकवादी समाज नेपालका केन्द्रिय सदस्य समेत हुन् ।- न्युज कारखाना