काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।



मृतकको सनाखत हुन सकेको छैन । राजमार्गको सुरही पुलनजिकै बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरबाट काठमाडौं आउदै गरेको रात्रीबस तिब्र गतिका कारण सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।




