
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुई–दुई रूपैयाँ बढेको जनाएको छ ।
खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकिएको जनाएको छ ।
आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमको विज्ञप्तिमा जनाइएको छ।