जनकपुरधाम – काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई दुर्व्यवहार गर्ने नक्कली डिएसपी पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो ।
उनले गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई आफू प्रहरीको डीएसपी भएको भन्दै धाकधम्कीसहित गालीगलोज गरेका थिए ।



वीरगञ्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।
श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।
यस्तो थियो घटनाः
शनिबार राति १० बजे बीरगञ्ज निवासी अङ्कित गुप्ता आफ्नो श्रीमतीसँग घरतिर जाँदै थिए। बाटोमा अर्को सवारी साधनमा मदिरा सेवन गरेर सवारी साधन चलाइरहेका थिए ।
नेपाली कांग्रेसका नेता चीज कुमार श्रेष्ठका छोरा प्रवीण श्रेष्ठ, स्वर्गीय चिजकुमार श्रेष्ठ नेपाली कांग्रेसका पूर्व प्रभावशाली नेता धादिङबाट राजनीति गर्दथिए। प्रविन श्रेष्ठले अङ्कितलाई धेरै नै अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्दै आफू नेपाल प्रहरीको डीएसपी रहेको र म जेसुकै गर्न सक्छु भनेर धम्काएको देखिन्छ।
अङ्कित र उनका श्रीमतीले भने निकै शालिन तरिकाले दाइ तपाईँले साइडलाइट हेर्नुभएन मेरो गल्ती छैन , भनेर अनुरोध गरेको र शालिन तरिकाले नै भद्र तरिकाले नै व्यवहार गरेको त्यो भिडियोमा देख्न सकिन्छ। आइतबार बिहानैदेखि यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो। नेपाल प्रहरीको ध्यानाकर्षण गराइयो। त्यसपछि नेपाल प्रहरी सक्रिय भए र त्यो व्यक्ति को हुन् भनेर पत्ता लगाउन थाले र केही घण्टामै सबै कुरा पत्ता लगाएर प्रविन श्रेष्ठलाई पक्राउ गरियो र काठमाडौँको दरबार मार्ग स्थित नेपाल प्रहरीको कार्यालयमा लिएर आएर त्यहाँ थुने।
प्रविन श्रेष्ठले तीनवटा गल्ती एकैचोटी गरेको पाइन्छ एउटा आफू नेपाल प्रहरीको कुनै पनि जिम्मेवारी पदमा नरहेको भए तापनि आफूलाई नेपाल प्रहरीको डिएसपी भनेर मान्छेलाई धम्काउने काम गरेको, दोस्रो गल्ती मदिरा सेवन गरेर सवारी साधन चलाएको, र सबैभन्दा ठूलो गल्ती आफूले आफू नेपाली हुँ भन्दै गर्दा अरुलाई अरुको नागरिकता मागेर अपहेलना गरेको अपशब्द प्रयोग गरेको र उसलाई सामाजिक रुपमा दुर्व्यवहार गरेको।
यो तिनै गल्तीको कारण प्रविन श्रेष्ठलाई कडा कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा निकै नै कमेन्टहरु आइरहेको छ। यो भिडियो अहिलेसम्म ५० लाख भन्दा धेरै मान्छेले हेरिसके र सबैले प्रविण श्रेष्ठ जो नेपाली कांग्रेसका स्वर्गीय नेता धादिङका नेपाली कांग्रेसका चिज कुमार श्रेष्ठका छोरा हुन् उनलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा यथेष्ट रुपमा माग देख्न सकिन्छ।




