ढल्केबर- धनुषाको मिथिला नगरपालिका मा जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर कमिटी गठन गरिएको छ।
रामनाथ महतो (दिनेश) को नेतृत्वमा २१ सदस्यिय समिति चयन गरिएको छ। उपाध्यक्षमा रामलाल महतो, सचिवमा बच्चेलाल यादव, कोषाध्यक्षमा मनमाया मोक्तान सहित २१ सदस्यिय समिति चयन गरिएको कुरा जसपा नेपाल मिथिला नगरपालिका कमिटीले जनाएको छ। सो भन्दा अघि जसपा नेपाल मिथिला नगरपालिका नगर कमिटीको अध्यक्षमा बिजेन्द्र महतो रहेका थिए।



जसपा नेपालको केन्द्रीय सदस्य एवम् धनुषा निर्वाचन क्षेत्र नं -४ प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार महाजन यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट रामनाथ महतो (दिनेस) लाई अध्यक्षको जिम्मेवारीमा राखिएको हो। उनी मिथिला नगरपालिका वार्ड नं -२ का वाडा सभापति समेत रहेका थिए। पार्टीको गतिविधि मा सक्रिय रहँदै आएका महतो स्थानिय तहको निर्वाचनमा वाडा अध्यक्षको उम्मेदवार समेत रहेका थिए।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको स्वकिय सचिव चन्देश्वर महतो,जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादव , महिला नेतृ प्रमिला सिंह, सत्रुधन यादव , महिला नेतृ उर्मिला साह सहितको उपस्थिति रहेको थियो।




