महाेत्तरी- बर्दिबास नगरपालिका वडा न.४ र ५ जाेड्ने जंगहा खाेलामा निर्माण हुन लागेकाे पुलकाे आज शिलान्यास गरिएको छ।

बर्दिबास नगरपालिका वडा न.४ र ५ जोड्ने नयाँ टोल र नेपाल टोलको बिचमा पर्ने जङ्गहा खोलाकाे उक्त पुलकाे शिलान्यास नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पुर्व मन्त्री गिरिराजमणि पोखरेलले शनिबार एक कार्यक्रम बिच गरेका हुन्।
संघीय सरकारको बजेट १४ करोड ५९ लाखको लागतमा निर्माण हुन लागेको १०० मिटर लम्बाई ११मिटर चौडाई भएको पक्की पुलकाे निर्माण पश्चात बर्दिबास नगरपालिका वडा न. ४,५,१० र ११ का करिब ३० हजार बढि जनसमुदाय लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।
शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य शारदा देवि थापा, केन्द्रिय सदस्य प्रकाश हरि पोखरेल र स्थानीय बासिहरुको उपस्थिती रहेकाे थियोे ।








