महोत्तरी - गर्मी बढ़ेसँगै बढ्दो लामखुट्टे प्रकोप लाई न्युनिकरण गर्न वडास्तरिय कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिका वडा न.२ ले वडामा रहेका प्रत्येक घरधुरी र सार्वजनिक स्थलहरुमा औषधि छर्किने अभियान शुरू गरेको छ ।
जलेश्वर नगरपालिका वडा न.२ को वडास्तरिय कार्यक्रम अन्तर्गत रु एकलाख बराबरको रकम व्यवस्थापन गरी गर्न लागिएको कार्य प्रति स्थानियले धन्यवाद ज्ञापन गरेका छन ।गर्मी याममा लामखुट्टेको प्रकोप बढ्ने गरेको हुँदा मासिक रूपममा औषधि छर्किने कार्यक्रम समेत गर्नुपर्ने आवश्यक रहेको स्थानिय सुनिल मण्डल ले बताएका छन ।
महोत्तरी सदरमुकाम वरिपरि का पालिका पिपरा गाउँपालिका लगायत महोत्तरी को गौशाला नगरपालिकामा डेंगू मलेरियाका विरामी भेटीएको हुनाले वडावासिको सुरक्षाका निम्ति उक्त कार्यक्रम गरिएको वडाअध्यक्ष वरुण कुमार दाहालले बताए ।
औषधिले उडिरहेको लामखुट्टे नष्ट गर्न र घरभित्र रहेका लामखुट्टेहरुलाई नियन्त्रण गर्न सहयोग पुग्ने वडाअध्यक्ष दाहालको भनाइ छ। लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु,मलेरियाजस्ता घातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको उनले जनाइएका हुन ।




