जनकपुरधाम- धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी भएको छ।
नेकपा एमालेकाले उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै मेयरमा कांग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भएका हुन्।



राजेन्द्रले ४३०४ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी निवर्तमान मेयर समेत रहेका अनिलले ४०९४ मत ल्याए।
मिथिला विहारीको उपमेयरमा भने नेकपा माओवादी की शोभादेवी साह विजयी भइन्।
उनले ३३३० मत ल्याउँदा उनकी निकटतम प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २७९७ मत ल्याइन्।
मिथिला विहारी एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृह पालिका हो। निकै दौडधुप र चुनावी प्रचार गरे पनि यहाँ १० मध्ये एमालेले एउटा वडामा समेत जित्न सकेन्।




