जनकपुर । जनकपुरमा नेकपा एमाले कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीका लागि तयार पारेको दुई सय किलोको माला उपाध्यक्ष विष्णु पौडेललाई लगाइदिएका छन् ।
अध्यक्ष ओली नआएपछि उनका लागि बनाइएको मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको हो । पौडेलको स्वागतका लागि जनकपुर विमानस्थलमा बाक्लो संख्यामा एमाले कार्यकर्ताको उपस्थिति थियो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीलाई बोलाइए पनि अन्तिम समयमा उनी आउने कार्यक्रम स्थगित भएको थियो।
ओलीको स्वागतका लागि माला सहित पुगेको जनकपुरधाम उपमहानगरपालिका कमिटीले विमानस्थलमा मात्रै ओली नआउने थाहा पाएको थियो। ओली नआएपछि तयार पारेको माला उपाध्यक्ष पौडेललाई लगाएर स्वागत गरेको एमाले नेताहरुले बताएका छन् ।







