महोत्तरी- बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभाबकारी बनाएर लगिने बताएका छन् ।
मंगलवार महोत्तरीको बर्दिवासमा नगरपालिकाले आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानिय सरोकारवालाहरुसंको अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरभित्र श्रमसंग जोडिएको बिभिन्न समस्याको बिषयमा नगरले बजेट बिनियोजन गरेर संघिय सरकारसंग सहकार्य गर्न अघि बढेको जनाए ।



उनले नगरमा भएको बेरोजगारी समस्या हल गर्न बिकास निर्माणका कामसंग श्रमिकलाई जोडदै लगिने आश्वस्त पारे ।
मेयर क्षेत्रीले अहिले नगरको केहि वडामा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभाबकारी बनाउन नसकिएपनि त्यसलाई नगरका सम्पूर्ण वडामा प्रभाबकारी बनाउँदै लगिने उल्लेख गरे ।
उनले नेपालीहरु श्रम गर्न बिदेश जाने संख्या दिन प्रतिदिन बढदै गएको हुनाले बैदेशिक रोजगारीको क्रममा भै परिआउने घटना,दुर्घटना तथा मृत्यु जस्ता बिपदमा नागरिकले गम्भिर सास्ती नपाउन भनेर नगरले तथ्याङ्क संकलन गरिएको जनाए । रोजगारीको क्रममा त्यस्ता समस्यामा परेकालाई नगरले आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रमुखले जिकिर गरे ।
बर्दिवास नगरपालिकाको १४ वटै वडाका अध्यक्ष, सदस्य कार्यपालिका सदस्य सहभागी रहेको कार्यक्रममा रोजगारीको हक,रोजगारीको छनौट,कार्यक्रमको आवश्यकता र औचित्य,निवाह भक्ता पाउने अवस्था,युवा रोजगारीकालागी रुपान्तरण कार्यक्रम,रोजगारीको समय तालिका,बेरोजगार सहायता ,सरोकारवालाको भुमिका ,वड कार्यालयको भुमिका, बेरोजगारको पहिचान ,आबेदन भर्ने प्रक्रिया, दुर्घटना बिमा लगातयका बिषयमा अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको थियो ।




