काठमाडौं । काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । कपिलबस्तुबाट काठमाडौं आउदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको छ ।
उद्दारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगेको छ । टोलीले १३ जनाको जिवितै उद्धार गरेको जनाएको छ । उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।