फाइल तस्बिर ।
महोत्तरी – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन्।
बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइर हँदा थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् ।



यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने। महामन्त्री थापाले भिडियो राखिएको फेसबुक पोस्टमा भलेखेका छन्,।
कुनै अलमलमा नपरौँ। धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै । त्यसैले अब कांग्रेसलाई रिबिल्ड, रिस्टार्ट र रिस्ट्रेन्थन गरौँ।’




