
जनकपुरधाम- धनुषा चेम्बर अफ कमर्सको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः विजय कुमार साह चयन भएका छन् ।
आइतबार जनकपुरधाममा बसेको चेम्बरको बैठकले साहको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपले गठन गरिएको हो ।
चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्षमा सरोज कुमार मिश्र, उपाध्यक्षद्वयमा हीरा पुर्वे र सलामत राईन, महासचिवमा कृष्ण देव महतो, सचिवमा विजय साह, सह–सचिवमा दिप नारायण साह, कोषाध्यक्षमा उज्वल अग्रवाल र सह–कोषाध्यक्षमा जानकी रमण झा चयन भएका छन् ।
कमर्सको एसोसिएट सदस्यमा श्रवण कुमार साहलाई चयन गरिएको छ भने कार्यसमिति सदस्यहरुमा बिनोद कुमार साह, शंकर प्रसाद साह, राजूकान्त कापड, मिथिलेश झा, जितेन्द्र प्रसाद साह, चेतन शर्मा, दीपेन्द्र ठाकुर, ध्रुब कुमार साह, राजेश कुमार यादव, मुकेश महासेठ, बिट्टु कुमार चौधरी, श्रवण कुमार महतो, नवीन कुमार झा, बिकास कुमार साह र उमेश कुमार साहलगायतकाहरु रहेका छन् ।
धनुषा चेम्बर अफ कमर्सको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्षमा पुरानै पदाधिकारी भएपनि सह–सचिव, एसोसिएट सदस्य लगायत कार्यकारिणी सदस्यहरुमा नयाँहरुलाई स्थान दिइएको बरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रले बताए ।