जनकपुर - नेपाल पत्रकार महासंघ मधेस प्रदेशले प्रादेशिक भवन निर्माणका लागि जनकपुरधाम–४ स्थित गुठी संस्थानको ४ कठ्ठा जग्गा औपचारिक रूपमा प्राप्त गरेको छ ।भवन निर्माणको लागि गुठी केन्द्रमा गुठी संस्थान र पत्रकार महासंघ मधेश प्रदेशबीच लिज सम्झौता भएकोमा भएको छ ।
सो ऐतिहासिक कार्य सम्पन्न गर्न महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जराको सक्रियता र महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको महत्वपूर्ण पहल रहेको जनाइएको छ । साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति महासंघले आभार व्यक्त गरेको छ ।
प्रादेशिक भवन निर्माणपछि मधेस प्रदेशमा क्रियाशील पत्रकारहरूलाई संस्थागत रूपमा अझ सहज र प्रभावकारी रूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अध्यक्ष बन्जराले यो कार्यलाई पत्रकार महासंघको लागि ऐतिहासिक उपलब्धि भन्दै भविष्यमा प्रदेशस्तरीय पत्रकारिता विकासका लागि भवन निर्माणको कामलाई प्राथमिकतामा राखिने बताए ।
प्रदेश सरकारबाट भवन निर्माणका लागि स्राेत सुनिश्चित भएकाे बताउँदै अध्यक्ष बन्जराले यहि वर्ष भवन निर्माण थालिने जानकारी दिए ।




