-सुजाता राई
विराटनगर । बालकल्याण विद्यालयमा भदौ ६ गते शुक्रबारदेखि सुरु भएको फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
१४ बर्ष मुनिका बिद्यार्थीहरु बि .के.भि.एम (B.K.V.M) र मोर्डन इरा स्कुलबीच भएको रोमाञ्चक भिडन्तमा मोर्डन इराले १ अंक मात्र लिन सफल भयो भने बी.के.भि.एमले २ अंक बटुल्दै विजयी बनेको हो।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा नं. ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बी.के.भि.एम जस्तो प्रतिष्ठित विद्यालयले खेलकुदसँगै शैक्षिक विकासमा पनि योगदान पुर्याइरहेको बताए।

यस कार्यक्रम विद्यालयका प्रिन्सिपल रबिन दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विशिष्ट अतिथिमा- मिर्च कोष फुटबल अध्यक्ष- विष्णु डंगोल, राष्ट्रिय खेलकुद परिषद्का फुटबल कोच- प्रकाश महासंग, प्याब्सन कोशी अध्यक्ष- प्रेमलाल सिल्वाल, प्याब्सन विराटनगरका अध्यक्ष- अर्जुन श्रेष्ठ, मोरङ फुटबल संघ सदस्य ध्रुव सिग्देल र मोर्डन इराका प्रिन्सिपल इन्द्र राईको उपस्थिति उल्लेखनीय रह्यो।
स्वागत मन्तव्य अध्यक्ष दाहालले प्रस्तुत गरे भने कार्यक्रमको सञ्चालन बिनेष बस्नेतले गरेका थिए।
विजयी खेलाडीहरूको नाम निम्न प्रकार रहेको छ।
१. सुबिग्या दाहाल
२. नियुष मण्डल
३. श्रेयुग कट्टेल
४. सुसान्त कार्की
५. राकेश कुमार यादव
६. अर्जुन तिवारी
७. राहुल मगर
८. सरंश नेपाल
९. फर्हान हबीब
१०. रोजान राज पाण्डे
११. निश्चल चौधरी
१२. अव्याश बुढाथोकी
१३. प्रशान्त चौधरी
१४. अशोक श्रेष्ठ




