काठमाडौं । तीन मधेशकेन्द्रित दलहरूबीच सातबुँदे सहमति भएको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीबीच सातबुँदे सहमति भएको हो ।



सहमतिपत्रमा संविधानको संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने, विद्यमान सबैखाले विभेदहरूलाई हटाउने, उत्पादनमुखी अर्थतन्त्रको स्थापना गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्नेलगायतका बुँदाहरू छन् ।





