
भैरहवा- संविधान दिवस को उपलक्ष्य मा भैरहवा बुद्ध चोक मा सिद्धार्थनगर नगरपालिका को आयोजना मा दीप प्रज्वलन गरिएको छ।
दीप प्रज्वलन कार्यक्रम को शुरुवात मा राष्ट्र गान, शहिद हरु प्रति मौन धारण गर्नु को साथै नगर प्रमुख इस्तियाक अहमद खान र उप-प्रमुख उमा अधिकारी ले दीप प्रज्वलन गरेका थिए ।

सिनपा द्वारा आयोजित सो कार्यक्रम मा सिनपा का प्रमुख कार्यकारी अधिकृत नवराज पौडयाल लगाएत विभिन्न वडा का वडा अध्यक्ष, सदस्य र भैरहवा आसपास क्षेत्र का आठ वटा रोट्र्याक क्लव का साथै नागरिक हरु को पनि उपस्थिती रहेको थियो।
कार्यक्रम का प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका का प्रमुख इस्तियाक अहमद खान ले सिनपा लगाएत देश विदेश मा वस्ने सम्पुर्ण नेपाली हरु लाई संविधान दिवस को शुभकामना दिदैं पहिला पनि धेरै चोटी सविधान वनाइए पनि अहिले वनाइएको संविधान उत्कृष्ट रहेको र कार्यवन पक्ष मा नेता लगाएत राष्ट सेवक कर्मचारी हरु को कमि कम्जोरी रहेको वताए।

कार्यवन गर्न ढिला गरिए खतरा हुने र छिटो भन्दा छिटो सबै नेपाली ले अनुभुती हुने गरेर कार्यवन गरिनु पर्ने भन्दै थप आफ्नो भनाई राखे। विशिष्ठ अतिथी रहेकी उप-प्रमुख उमा अधिकारी ले यो संविधान उत्कृष्ट भएको र महिला हरु को पक्ष मा भएको हुनाले नै आफु उप-प्रमुख हुन पाएको र सम्पुर्ण नागरिक ले यो संविधान मेरो लागि वनेको भनेर अनुभुती गर्न पाउन् भन्दै आफ्नो भनाई राखिन्।