
भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँ वाट भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान हरु धमाधम बरामद गर्न थालेको छ ।भारतसँगको खुला सीमाका कारण व्याप्त तस्करको जालो तोड्न जिल्ला प्रहरी कार्यालय रुपन्देही लागि परेको पछिल्लो केही दिन को कार्वाही ले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत वाट खटिएको प्रहरी टोली ले मंगलवार र वुधवार विभिन्न अवैध सामान बरामद गरेको र बरामद गरेको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य ३ लाख ८७ हजार ७ सय रहेको जनाईएको छ। सम्पुर्ण सामान हरु लाई थप आवश्यक कार्वाही को लागि पशु क्वारेनाईन र भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।

ईलाका प्रहरी कार्यालय कदमहवा वाट खटिएको प्रहरी टोली ले कोटहिमाई गाउँपालिका वडा नं ६ बोगडी वाट अनुमानित १० हजार मुल्य बराबर को ४० किलो बैखि माछा, प्रहरी चौकी मैनिहवा वाट खटिएको प्रहरी टोली ले रोहीणी गाउँपालिका वडा नं २ लखनौटिया वाट १५ हजार मुल्य को प्याज, प्रहरी चौकी मुडिला वाट खटिएको प्रहरी टोली ले सम्मरीमाई गाउँपालिका वडा नं २ ठेकहवा वाट १४ हजार ५ सय मुल्य बराबर को विभिन्न कपडा र प्रहरी चौकी मर्यादपुर ले मायादेवी गाउँपालिका वडा नं ५ लुथुवा वाट लु १ प ७८२४ नम्वर को मोटरसाईकल सहित अनुमानित मुल्य ६५ हजार को सामान नियन्त्रण मा लिईएको छ।
साथै जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले देवदह नगरपालिका वडा नं ११ सिक्टन वाट लु ८ प ५९१९ नम्वर को मोटरसाईकल वाट ६४ पिस बोईलर कुखुरा मोटरसाईकल सहित अनुमानित मुल्य १ लाख १ हजार २ सय को र चालक लाई नियन्त्रण मा लिएको छ। ईलाका प्रहरी कार्यालय बेलहिया वाट खटिएको प्रहरी टोली ले सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपास चोक वाट कपडा, ईलेक्ट्रोनिक्स र किराना सामान गरि १ लाख २६ हजार ५ सय को र कोटहीमाई मन्दिर पछाडी वेवारिसे अवस्था मा ४० हजार मुल्य बराबर को प्लाष्टिक झाडु नियन्त्रण मा लिएको छ।

प्रहरी चोकी खैरेनी ले देवदह नगरपालिका वडा नं ५ खैरेनी चोक वाट ७ हजार ५ सय को प्याज र प्रहरी चौकी गुलरिया ले सम्मरीमाई गाउँपालिका -२ मुडिला वाट ८ हजार मुल्य बराबर को मासु बरामद गरेको छ।