महोत्तरी - राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउने भएका छन् । राष्ट्रपति पौडेलकाे महोत्तरीमा शालिक तथा शहीदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धर्मिक स्थलमा विशेष पुजा अर्चना गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
पिपरा गाउँपालिका स्तिथ स्व. रामनारायण मिश्रको शालिकमा माल्यार्पण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी सदरमुकाममा जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पुजा अर्चना गर्ने छन् ।
त्यसैगरि जलेश्वर नगरपालिका ५ चौरियामा नव निर्मित उद्यान को समुद्घाटन तथा प्रजातांत्रिक योद्धा स्व. गणेश नेपाली को प्रतिमा अनावरण कार्यक्रम गर्दै महोत्तरीको मटिहानी स्तिथ श्री राम माध्यमिक विद्यालयमा रहेको स्व. केशव कोईराला को प्रतिमा अनावरण गरे सँगै धार्मिक धरोहर स्थल को रुपमा परिचित मटिहानी को लक्ष्मी नारायण मठमा पुजा अर्चना गर्नुका साथै संस्कृत विधालय मटिहानीको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ। मटिहानीमा मै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै मटिहानी नागरपालिकाले नागरिक अभिनन्दन गर्दै राष्ट्रपति लाई भवय स्वागत गर्ने मटिहानी नगरपालिका का नगरप्रमुख हरि प्रसाद मण्डलले बताएका छन् ।