जनकपुरधाम- जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रको सभाहलमा कुशवाहा फाउण्डेशनको दोस्रो वार्षिकोत्सव तथा होली मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कुशवाहा फाउण्डेशनका अध्यक्ष विजय कुमार महतोको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मा. लक्ष्मी महतोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कोइरी समुदायका मान्छेहरूको उपस्थिति रहेको थियो।



कार्यक्रमको मन्तव्यका क्रममा ओबिसिका केन्द्रीय अध्यक्ष भरतप्रसाद महतोका अनुसार कुशवाहा जाति राज्यका सबै निकायमा रहेको र विकास को बाटो तर्फ अग्रसर हुदै गएको तर्क दिएका थिए। उनका अनुसार ” हामी कहिल्यै पछि परेका छैनौं। हामी पछि रहेको , हाम्रो पहिचान लोप हुदै गएको कुरा अफवाह मात्र रहेकोले यसप्रति सचेत रहन आग्रह गरेका थिए।

प्रहरी प्रशासन, सिडिओ, केन्द्रीय मन्त्रालयका सचिव देखि राजनितिकर्मी र भाषा विज्ञ जस्ता ठुला – ठुला पदमा हाम्रो समुदाय अहिले पनि यथावतै रहेको मधेस प्रदेश सभा सदस्य हरिनारायण महतो बताउँछन्। उनका अनुसार कोइरी कुशवाहा जाति फरक-फरक पार्टी मा भएतापनि समुदाय र जातिको उत्थानमा सबै एक हुनुपर्ने समय आएको र अहिलेको आवश्यकता पमि रहेको कुरा उनको जिकिर रहेको थियो।
कोइरी कुशवाहा जातिको इतिहास धेरै पुरानो रहेतापनि पुस्तकहरू मा यसको उपलब्धता नभएको प्रति उपस्थिति वक्ताहरुले दुख व्यक्त गरेका थिए भने कोइरी कुशवाहा जातिको इतिहास लेख सहितको पुस्तक लेखन तर्फ ध्यान दिन जोड दिइएको थियो भने उपस्थिति वक्ताहरुले होली पर्वको शुभकामना एकआपसमा आदान प्रदान गरेका थिए।
कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं ८ कुसुमविछौना का किर्तन मण्डली समुह , स्वस्तिक इङलिस बोर्डिङ स्कुल जनकपुरधामका छात्र छात्राहरुको साँस्कृति समुह र हिमालय युवा क्लब नक्टाझिजको कलाकार समुह द्वारा साँस्कृति कार्यक्रमको बेजोड प्रस्तुती रहेको थियो। उनीहरुलाई कबिर बाल बतसल्य आश्रम जनकपुरधामका संस्थापक सत्यनारायण आलोक बाबाले गम्छा र अबिर लगाएर सम्मान गरेका थिए भने आयोजक संस्थाका पदाधिकारीहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सासंद मा. लक्ष्मी महतोले गम्छा र अबिर लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा मगहि भाषा उत्थान का अन्तराष्ट्रिय अध्यक्ष बिर बहादुर महतो, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष रामकुमार महतो,हिमालय युवा क्लब नक्टाझिजका पुर्वअध्यक्ष अरुण कुमार महतो, विभिन्न पालिका का उपप्रमुख र वाडा अध्यक्षहरु लगायत कोइरी कुशवाहा जातिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण तथा सञ्चालन आयोजक संस्था कुशवाहा फाउण्डेशनका महासचिव संजय कुशवाहाले गरेका थिए।




