file foto
काठमाडौं – बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
पश्चिम रुकुमबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिए।
उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । गाडीमा ३२ जना यात्रु रहेको बताइएको छ ।







