
महोत्तरीको बर्दिवासमा भएको दुई दिवसिय मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा क्रिएटिभ तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
मधेस प्रदेशवाट सहभागी ११ वटा डोजाङ मध्ये क्रिएटिभ डोजाङले प्रथम स्थान हासील गरेको हो ।

प्रथम भएको डोजाङले १२ वटा गोल्ड, १० वटा सिल्भर र १४ वटा कास्यपदक जितेर सहभागी डोजाङलाई पछाडी पार्दै आयोजक समेत रहेको क्रिएटिभ डोजाङ उत्कृष्ट भएको आयोजक पक्षले जनाएको छ ।
त्यसैगरी प्रतियोगितामा प्रिया तेक्वान्दो डोजाङ जनकपुर द्धितिय हासिल गर्दै ६ वटा गोल्ड मेडल, २ वटा सिल्भर मेडल र ४ वटा कास्य पदक हात पारेको आयोजक पक्ष क्रिएटिभ डोजाङका अध्यक्ष छेवाङ् दोर्जे मोक्तानले जानकारी दिए ।
तृतिय स्थान भने श्री जनज्योती आधारभुत तेक्वान्दो डोजाङ बाराले हात पारेको छ ।

डोजाङका ३ खेलाडि प्रथम, ५ खेलाडि द्धितिय र ३ खेलाडि तृतिय भएसंगै जनज्योती खेलको तृतिय स्थानमा आएको आयोजक समितिले जनाएको हो । प्रतियोगितका विजेता खेलाडिले सिल्ड सहित प्रमाणपत्र र मेडल पाएका छन् ।
सनिवार साझ सम्पन्न उक्त प्रतियोगितामा पुरुष तर्फ बाराका १४ वर्षका अश्विन लामा प्रतियोगिताको वेस्ट पुम्से घोषित भएका थिए भने महिला तर्फ वेस्ट पुम्सेमा बर्दिवास क्रिएटिभ डोजाङकी ८ वर्षकी खेलाडि परिनिती चोप्रा घोषित भएकी छिन ।

त्यस्तै प्रतियोगितामा धनुषावाट सहभागी भएका रातोचुरे डोजाङ्का १० वर्षीय अंकित राई र महिलातर्फ बर्दिवास तेक्वान्दो डोजाङ्को तर्फवाट ८ वर्षिय आलिया मगर वेस्ट फाइटर घोषित भएकी छिन ।
मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र सिराहा गरि ६ जिल्लाका ६ वर्षदेखि २० वर्षसम्मका २ सय खेलाडिले प्रतियोगितामा भाग लिएका थिए ।

खेलमा भक्तपुरका सुमन कपालीलाई बेस्ट रेफ्री र सिराहाका रामवरण यादवलाई बेस्ट कोच घाषित भएको आयोजक समितिले जनाएको छ ।
खेलको मुल्याङ्कन समुहमा बरिष्ठ कोच तिलक लामा, विजय साह ठकुरी र इन्टरनेशनल रेफ्री जीतसिंङ लामा रहेका थिए ।
नेपाल तेक्वान्दो संघका मधेस प्रदेश अध्यक्ष पेमा सिद्धि लामा र तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा समेत खेल प्रतियोगितामा सहभागी भएका थिए ।

मधेस प्रदेशमा तेक्वान्दो खेल्ने खेलाडिको रुचि र क्षमता बढेको भन्दै नेपाल तेक्वान्दो संघका महासचिव तथा नेपाल तेक्वान्दोका जन्मदाता समेत रहेका दिपराज गुरुङले यस्ता खेललाई स्थानीय सरकारले समेत अपनत्व लिनुपर्ने धारणा राखे ।
नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय तेक्वान्दो खेलका खेलाडि तथा कोचहरुको उपस्थितीमा सम्पन्न खेल बर्दिवास बोर्डिङ स्कुलको प्राङगणमा सम्पन्न भएको थियो । खेल अवधिभर स्वयमसेवकको भूमिकामा आफ्ना विध्यार्थीहरुलाई खटाई खेलप्रतिको अभिरुचिलाई प्रोत्साहन गरेको भन्दै आयोजक पक्षका अध्यक्ष छेवाङ् दोर्जे मोक्तानले प्रधानाध्यापक सरोज प्रधानलाई धन्यवाद दिदै खुसि ब्यक्त गरे ।

प्रतियोगितमा अन्तराष्ट्रिय तेक्वान्दो खेलका निर्णयक तारजन लिम्बु र राष्ट्रिय प्रशिक्षक कविराज खड्कीको पनि उपस्थिती रहेको थियो ।
सुस्वानी मार्केटिङले स-प्रायोजन गरेको र खेल सम्पन्न गराउन २ लाख माथीको रकम खर्च भएको आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मधेस प्रदेशका खेलाडि उत्पादन गरि प्रतिष्पर्धामा उतार्ने र मधेस प्रदेश तेक्वान्दोमा अब्बल भएको सावित गराउन प्रतियोगिताले मदत गर्ने क्रिएटिभ डोजाङका संस्थापक तथा आयोजक समितिका संयोजक छेवाङले बताए ।

'हामीले राष्ट्रियरुपमा पनि धेरै खेलाडीहरुलाई हाम्रो डोजाङवाट सहभागी गराएर विभिन विधामा पदक दिलाई सकेका छौ ।' संयोजक छेवाङले भने । 'यदि यहाको स्थानीय सरकार तथा सरोकारवालाहरुले सहयोग गर्ने हो भने यहावाट नै हामी खेललाई नया उचाईमा पुर्र्याउन सक्छौ ।'
यता संयोजक छेवाङको भनाईलाई बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले समर्थन जनाएका छन । उन्ले आगामी दिनमा आवस्यक पर्ने सहयोग गर्न तत्पर रहेको वताए । आयोजक संस्थालाई म्याट तथा अन्य सामाग्री सहयोग गर्न वडा अध्यक्ष भोला खड्कालाई निर्देशन समेत दिएका छन ।

खेल अवधिभर सुभस्वस्तिक अस्पतालले चिकित्सक र एम्बुलेन्स समेत उपलब्ध गराई खेलमा सहभागी खेलाडीहरुको निगरानी समेत गरेको थियो । अस्पतालका संचालक दिपक कार्कीले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता जनाए । साथै खेललाई मैत्रीपुर्ण र सुरक्षित वनाउन इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख विजय यादवले सुरक्षाकर्मी परिचालन गराएका थिए ।