महोत्तरी – औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले धार्मिक सद्भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् ।
होली पर्व २०८० सालको सुखद अवसरमा सम्पुर्ण नगरपालिकावासी तथा देश विदेशमा रहेको दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै,होलीको अवसरमा सरकारले चैत्र १२ गते तराईमा सार्वजनिक बिदा दिएको हुँदा यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन उनले सम्पूर्ण नगरवासीलाई आग्रह गरेका हुन् ।



नगरप्रमुख खड्काले शुभकामना दिँदै होलीले समाजमा नयाँ जागरण,उत्साह थपियोस् समाजमा धार्मिक सद्भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाऊ र होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए।




