काठमाण्डौं- मानिसहरु बिभिन्न काम विशेषले आ-आफ्नो स्थान छाडछन, कोहि ब्यापार उध्यम र नोकरी गर्न, शिक्षा हासिल गर्नलगायत तमाम काम विशेषले ल मानिसहर विदेशिन्छन वा आफ्नै देशको बिभिन्न शहरमा पुग्छन् । विदेशमा वा आफ्नै देशका काम गर्ने स्थानमा आफ्नो जन्म र थातथलो का साथीभाई, आफन्त र छिमेकीसंग भेट हुँदाको क्षण अत्यन्तै हर्षको हुने गर्दछ।
यस्तै क्षण भनौ या संयोग संघीय राजधानी काठमाण्डौँमा “लक्की ज्वेलर्स”को प्रायोजनमा “जनकपुरधाम काठमाण्ड समाज”ले जुराएको छ। जनकपुरधाम काठमाण्डौ समाजद्वारा आयोजित होलि पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो संयोग जुरेको हो।



चैत्र १० गते शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जनकपुरधामबाट विभिन्न कामले काठमाण्डौमा बसोबास गर्नेहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । कार्यक्रममा निखिल विश्वास, शेखर ढकाल, सुनिल पौडेल, गणेश श्रेष्ठलगायतका गायकहरूले गायन प्रस्तुत गरेका थिए भने अन्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।
बर्ष दिन भरी बिभिन्न काम विशेषले काठमाण्डौमा बसोबास गर्ने जनकपुरधाम बाशीहरु ब्यस्ताका कारण भेटघाट गर्न सम्भव नभएको कुरालाई मध्यनजर राख्दै वर्षमा एक पटक भए पनि होलीका अवशरमा शुभकामना र खुशी साटासाट गर्न शुभकामना कार्यक्रम आयोजना गर्ने गरिएको समाजका अध्यक्ष समञजय ढुङ्गानाले बताए ।
वर्षमा एक पटक भए पनि आफ्नो जन्मभूमि जनकपुरधामका बाशिन्दालाई भेटघाट गराउन का लागि सहभागी हुन पाउँदा आफुलाई अत्यन्तै हर्ष र गर्व महसुस हुने गरेको लक्की ज्वेलर्श का सञ्चालक ऋषि ठाकुरले बताए।
अशेष खनालद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरु थिएनन। हरेक बर्ष होलिको अवशरमा आयोजना हुने शुभकामना कार्यक्रमको प्रायोजन लक्की ज्वेलर्शले नै गर्दै आएको छ।




