भैरहवा- रुपन्देही प्रहरी ले रोहिणी गाउँपालिका वाट लागु औषध खैरो हेरोइन ७५.४१० ग्राम सहित शुक्रवार तिन जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा सिद्धार्थनगर नगरपालिका वडा नं १ का २९ वर्षिय सहदेव हरिजन, रोहिणी गाउँपालिका वडा नं ३ का १९ वर्षिय आशिष धोवी र अनरजित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ ।
रोहीणी गाउँपालिका वडा नं ३ रामनगर मा लागुऔषध खैरो हेरोइन को कारोवार भई रहेको प्रहरी लाई प्राप्त गोप्य सुचना को आधार मा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण व्युरो भैरहवा को संयुक्त टोली ले सो ठाउँ मा गई निग्रानी तथा चेक जाँच गर्ने क्रम मा लागु औषध खैरो हेरोइन वरामद गरि तिन जना लाई नियन्त्रण मा लिइएको प्रहरी ले जनाएको छ।



प्रहरी ले लागु औषध खैरो हेरोइन ७५.४१० मिली ग्राम , लु ४८ प ८८७ नम्वर को मोटरसाईकल र विभिन्न कम्पनि का तिन थान मोवाइल वरामद गरि तिनै जना लाई रुपन्देही जिल्ला अदालत मा पेश गरि अदालत वाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान कार्य भई राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




