राधेश्याम कुशवाहा,
सर्लाही- सर्लाही लगायत आज चैत्र १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ ) मा हुने डिजिटल परीक्षा चोरीमाथि कडा निगरानी गरिने जिल्ला परीक्षा समन्वय समिति सर्लाहीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कोमल धमलाले बताए ।
समय परिवर्तन भएसंगै परीक्षामा चोरी हुने प्रवृत्तिमा समेत परिवर्तन आएर विभिन्न डिजिटल डिवाइस सहित विभिन्न समाजिक संजालको प्रयोग गरि चोरी बढेको भन्ने सोधिएको प्रश्नमा परीक्षा हलभित्र कुनै पनि प्रकारका डिजिटल डिभाइस प्रयोगमा पूर्ण बन्देज लगाउने उहाँले बताए ।
परीक्षा हलभित्र मोबाईल, कैमरा, स्मार्टवाच लगायत कुनै पनि प्रकारका डिजिटल डिवाइस ल्याउन र प्रयोग गर्न पाउदैन, प्रजिअ धमलाले भने । लगेको पाइयो अथवा प्रयोग गरेको पाइएको कार्वाही हुन्छ । हामीले परीक्षा चोरीमा प्रयोग हुने डिजिटल डिवाईसमाथि कडा निगरानी गरेका छौं,
मधेस प्रदेशमा परीक्षा अलिकति कम मर्यादित भएको हो कि भन्ने गुनासो देखिएको छ, सुन्निएको छ, उहाँले स्विकार्दै । त्यसैले तेसलाई मर्यादित बनाउने सवालमा हामी प्रतिबद्व छौं ।
एउटा मेहनत गरेर, अध्ययन गरेर लगनशिल भएर पढने इमन्दार, अनुशासित र निष्ठावान विद्यार्थीहरु अन्यायमा नपरोस भन्ने बारेमा हामी सचेत छौं, त्यो अनुसारको व्यवस्था मिलाउछौं ।
परीक्षालाई मर्यादित बनाउने सवालमा शून्य सहनशिलता लागु हुन्छ । कसैले चोर्दै छ, चोराउदै छ, अर्मादित बनाउनमा सहयोग गर्दैछ । भने उहाँमाथि कार्वाही हुन्छ । प्रस्ट भाषामा कार्वाही हुन्छ । त्यो विद्यार्थी होस, शिक्षक, केन्द्राध्यक्ष अथवा सहकेन्द्राध्यक्ष होस, कोही पनि व्यक्तिलाई छुट छैन, प्रजिअ धमलाले भने ।
परीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं। सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको उहाँको भनाई छ ।




