भैरहवा- रुपन्देही प्रहरी ले ओमसतिया गाउँपालिका वाट लागु औषध खैरो हेरोइन ४०.९०० ग्राम सहित शनिवार दुई जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा रोहिणी गाउँपालिका वडा नं २ का २० वर्षिय अजित हरिजन र १९ वर्षिय काजु चमार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ ।
ओमसतिया गाउँपालिका वडा नं ४ मा रहेको रोहीणी पुल मा लागुऔषध खैरो हेरोइन को कारोवार भई रहेको प्रहरी लाई प्राप्त गोप्य सुचना को आधार मा इलाका प्रहरी कार्यालय बेलहिया र लागु औषध नियन्त्रण व्युरो भैरहवा को संयुक्त टोली ले सो ठाउँ मा गई निग्रानी तथा चेक जाँच गर्ने क्रम मा लागु औषध खैरो हेरोइन वरामद गरि दुई जना लाई नियन्त्रण मा लिइएको प्रहरी ले जनाएको छ।



प्रहरी ले लागु औषध खैरो हेरोइन ४० ग्राम ९०० मिली ग्राम बरामद गरि रुपन्देही जिल्ला अदालत मा आज पेश गरि अदालत वाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान कार्य भई राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।
लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुर को मात्रा हेरी १० देथि १५ वर्ष सम्म कैद र ७५ हजार देखि २ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरी नायव उपरीक्षक भट्ट ले थप जनाएका छन् ।




