काठमाडौं- नेपाल ग्यासले जोखिमपूणर् अवस्थामा रहेका ग्यास सिलिन्डरलाई नष्ट गरेको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर दुई दशकबढि पूराना, हाइड्रोलिक टेस्ट गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका साढे छ सयबढि सिलिन्डर मंगलबार नष्ट गरेको कम्पनीले जनाएको छ ।
उपभोक्ताको सुरक्षालाई दृष्टिगत गरी गुणस्तरहिन प्रयोगमा ल्याउन नमिल्ने छ सय ६५ सिलिन्डर नष्ट गरेको नेपाल ग्यास उधोग नरायणी प्रा.लि. मिथिला नगरपालिकाका ९ धनुषाका कार्यलय प्रमुख जिबन छत्कुलीले बताए । ‘धेरै पूराना सिलिन्डरको हाइड्रोलिक टेष्ट गर्छौं,’ प्रमुख छत्कुली भने, ‘प्रयोग गर्न जोखिमपूणर् पुराना सिलिन्डरलाई हरेक वर्ष नष्ट गर्दै आएका छौं । ’उपभोक्ताको भान्सामा प्रयोग हुने सिलिन्डर सुरक्षाको विषयमा संवेदनशील भएर नष्ट गर्ने गरेको कम्पनीको आदेश अनुसार यस किसिमको काम गदै आएको बताए ।

विभिन्न समयमा ग्यास बिस्फोटमा परी जनधनको क्षती भैरहेको हवस्थामा नेपाल ग्यास उपभोक्ताप्रति जिम्मेवार भएर नष्ट गर्दै आएको छ । यो कम्पनीले ३६ वर्ष देखी निरन्तर वर्षीनी हजारौ पूराना सिलिन्डर नष्ट गदै आएको छ । नयाँ सिलिन्डर १० वर्षमा र त्यसपछि हरेक पाँच वर्षमा अनिवार्य रुपमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको अनिवार्य नष्ट गर्नुपर्ने कर्मचारी पुरुषोत्तम भट्टराईले बताए ।
नेपाल ग्यास, एसटिसी लगायत एक दर्जन कम्पनीले पुराना सिलिन्डर नष्ट गरे पनि अधिकांशले हाइड्रोलिक टेस्ट नगरी बजार पठाउने गरेको मिथिला नगरपालिका वडा नं. ९ का अध्यक्ष दिपक जंङ्ग गापाले बताए ।
उक्त कार्यक्रममा मिथिला नगरपालिकामा रहेका सामजसेवी, बुद्धीजिवि, पत्रकार लगाय सरोकार वला निकाय समेत उपस्थि रहेको आयोजकले बताए ।








