अनिल घिमिरे
काठमाण्डौं – प्रा.डा बासुदेव त्रिपाठीले नेपालमा महिला विश्वविद्यालयको स्थापना हुनुपर्ने बताएका छन् । काठमाण्डौंको मोडर्न कन्या मल्टीपल कलेज, मिलन चौतारी द्वारा आयोजित नयाँ विद्यार्थीको आगमन तथा पुराना विद्यार्थीको विदाई कार्यक्रममा प्रा.डा. त्रीपाठीले यस्तो बताएका हुन्।



काठमाण्डौ स्थित पद्म कन्या कलेजलाई महिला विश्व विद्यालय बनाउनुपर्नेमा जोड दिदै डा.त्रिपाठीले महिला विश्वविद्यालय राजनीति र व्यापारीकरणबाट मुक्त हुनुपर्ने बताएका थिए ।
डा.त्रिपाठीले “भने अहिले नेपालका कुनै पनि विश्व विद्यालय राजनीति र व्यापारीकरणबाट मुक्त छैनन,त्यसैले यदि महिला विश्व विद्यालय स्थापना हुने हो भने राजनीतिकरण र व्यापारीकरणबाट मुक्त हुनुपर्छ।” महिला विश्व विद्यालय स्थापनामा दसकौं देखि महिला शिक्षा का लागि डा रामप्रसाद दहाल जस्ता अभियन्ताहरु र जनस्तरबाट सकृयता देखाउँनु पर्ने आवश्यकता पनि उनले औल्याएका थिए।
को २००७ देखि शैक्षिक क्षेत्रमा महिलाहरु बिस्तारै अघि बढे पनि महिला शिक्षा अवस्था सन्तोष जनक नरहेको बताउँदै प्रा डा. त्रिपाठीले नारीहरुनै आधा समाज, आधा आकाश,आधा देश,आधा विश्व, आधा मानवता भएता पनि पुरुष प्रधान समाजले नारीलाई अहिले पनि तल नै राखेको हुदा नारीहर जाग्नु पर्छ र यसका लागि महिलाहरुले आ-आफ्ना क्षेत्र र विधाहरूमा उच्च शिक्षा हासिल गर्नु पर्ने बताएका थिए।
संविधानविद काशिराज दाहालले अहिले नेपालको राजनीतिमा र विभिन्न निकायहरूमा ३३ प्रतिशत महिलाहरुको सहभागिताको व्यवस्था संविधानमा भएको कारणले नै स्थानीय र संघीय सरकारमा कम्तिमा ४० प्रतिशत महिलाहरुको सहभागिता भए पनि कानून, नीति निर्माणको तह, राज्री संरचनामासमेत महिलाहरुको सहभागिता बढाउनु पर्ने बताएका थिए।
भर्खरै सार्वजनिक भएको तथ्याङक अनुसार नेपालमा बर्षेनी ८५हजार पारिवारिक महिला हिंसा भएको र प्रदेशहरुमध्ये मधेश प्रदेशमा दाइजो- बोक्सीलगायतका कुरिती र प्रथाहरुका कारण बढी महिला हिंसा भएको बताउदै दाहालले महिला हिंसा निरुत्साहित गर्न महिलाहरुको सशक्तिकरण गर्न र उनिहरु शिक्षित हुन आवश्यक रहेको बताएका थिए । महिलाहरूले समाजलाई परिवर्तन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न महिला स्वयं आफै सक्षम हुनुपर्ने र परिवार, समाज तथा राज्यले पनि यसप्रकारको वातावरण बनाउनु पर्ने आवश्यकता पनि संविधानविद दाहालले औंल्याएका थिए ।
कलेज संचालक समिती तथा कार्यक्रमका अध्यक्ष डा. रामप्रसाद दहालले एउटी महिला शिक्षित भईन, भन्ने एउटा परिवार शिक्षित हुन्छ; महिला शिक्षाको पहुँच र विस्तार हुनपर्छ भन्ने भावनालाई अभियानको रूपमा बढाउन पर्छ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै महिला-महिला बीच नै प्रतिस्पर्धा नगराएसम्म महिला ले पुरुषसंग प्रतिस्पर्धा गर्न नसकने बताएका थिए। यहि उद्देश्यबाट प्रेरित भएर नै नयाँ अर्थात मोडर्न कन्या मल्टिपल स्थापना भयो र जुन १७ वर्ष दोखि निरन्तर सञ्चालन मा रहेको बताएका थिए ।
कार्यक्रममा सो कलेजमा अध्ययन छात्राहरुलाई १३ जना दाताहरुबाट प्रदान गरिएको दान रकमबाट छात्रबृति प्रदान गरिएको थियो भने साताव्यापी खेलकूद प्रति योगितामा विजयी छात्राहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । गायिका अञ्जु गौतमले
गायन प्रस्तुत गरेकी थिइन भने छात्राहरूले नृत्री प्रस्तुत गरेका थिए।
शुष्मा पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल सुमन पोखरेललगायतकाले स्वागत मन्तब्य दिएका थिए। कार्यक्रममा नेपाल प्रहरीका भूतपूर्व डिआइजी महेन्द्र पोखरेल, नेपाल राष्ट्र बैङ्ककी पूर्व निर्देशक तथा प्रभु बैंककी बर्तमान निर्देशक अञ्जु आधिकारी, आर्किटेक्ट इन्जिनियर प्रा.डा. मन्दिरा खडका कार्कीलगायतका को सहभागिता थियो ।




